पोखरा । चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई मुख्य प्रायोजक बतास ब्रदर्श प्रालिले मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेको छ ।
पोखरा नयाँबजारस्थित बतास शो रुममा आइतवार एक कार्यक्रमबीच प्रालि अध्यक्ष आनन्दराज बतासले पुरुषतर्फ वर्ष खेलाडी घोषित युकेश गुरुङलाई टीभीएस अपाचे मोटरसाइकल (१६० सीसी) र महिलातर्फ वर्ष खेलाडी घोषित फूल कन्ट्याक्ट कराँतेकी सुष्मी श्रेष्ठलाई वीगो स्कूटर (११० सीसी) हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा अध्यक्ष बतासले गुरुङ र श्रेष्ठको खेल जीवनको अझ सफलताको कामना गरे । कार्यक्रम संचालन गर्दै बतास ब्रदर्शका प्रबन्धक सन्तोष पोखरेलले मञ्चसँगको सहकार्य रहीरहने बताए ।कार्यक्रममा मञ्च अध्यक्ष एकराज गिरी, उपाध्यक्ष रञ्जन अधिकारी, महासचिव विजय नेपाल, कोषाध्यक्ष शशीकुमार पौडेल, सदस्य रोशन अधिकारी लगायतको उपस्थिति थियो ।

गत जेठ २४ मा पोखरा सभागृहमा भएको अवार्ड समारोहमा बक्सिङका चित्रबहादुर गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको थियो । यस्तै, वर्ष चर्चित खेलाडी सुटिङकी श्रेया केसी घोषित भएकी थिइन् ।उदियमान खेलाडी क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट प्रशिक्षक फूल कन्ट्याक्ट कराँतेका दीपक गोदारले उपाधि हात पारेका थिए । वर्ष उत्कृष्ट पत्रकार पुरस्कारबाट विनोद लामिछाने र वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला बास्केटबल संघ कास्की सम्मानित भएका थिए ।

यसैबीच, आइतबार नै सम्पन्न मञ्चको ११ औं बैठकले अवार्ड समारोह सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु