मोर्डन युथ जेनेरेशन नेपहपको बाटोमा थिए । गिरिश प्रनिल (जिपी) ले खनेको नेपहपको बाटोमा नेप्साइडज हुँदै यमबुद्धसम्म आइपुग्दा युवाहरु ‘र बार्जतिर’ ब्याटलमै झुम्मिए । ६ वर्ष अघितिर ‘र बार्ज’ युट्युबमा ट्रेण्डिङमा रह्यो । लाहुरे, भिटेन जस्ता स्टार बने । तर, समय फेरियो । ‘र बार्ज’ का र्याप ब्याटल सुस्तायो । अहिले चलेको छ ‘स्ट्याण्ड अप कमेडी शो’ ।
काठमाण्डौका युवाहरु समूह-समूहमा शो खिच्दै युट्युबमा अपलोड गर्दै आएकोमा पोखरामा पनि एक समूहले यो शो गर्ने भएको छ । पोखरा झनै मोडर्न युथहरुको शहर भनेर चिनिन्छ, यहाँ नहुने त कुरै भएन । आगामी शुक्रबार अगष्ट ९ तारिखमा लेकसाइड स्थित अल्टिट्युड रेष्टुरेन्ट एण्ड बारमा बेलुकी ७ बजेबाट शो गरिने सुन्दर सुवेदीले जानकारी दिए । उनका अनुसार पोखराका ५ युवक र १ युवतीले प्रस्तुति राख्नेछन् । उनीहरु ‘स्ट्याण्ड अप कमेडी क्लब पोखरा’ नामक समूह बनाएरै अघि बढेका छन् । यो शो सफल भएमा यसलाई निरन्तरता दिने, स्ट्याण्ड अप कमेडी कलाकारहरुलाई बटुल्दै थुप्रै शो हरु आयोजना गर्ने योजना सुवेदीको छ ।
के हो ? ‘स्ट्याण्ड अप कमेडी शो’
स्ट्याण्ड अप कमेडी शो संयुक्त राज्य अमेरिकाको थोरै मौलिक कलामध्ये एक हो । नेपाली शैलीमा वक्तृत्वकला जस्तै जस्तै यसमा हाँस्य शैली हाबी हुन्छ । चोटिलो शब्द, व्यंग्यात्मक वाण हान्ने यो शोमा मञ्चमा उभिएर बोलेरै मान्छे हँसाउनुपर्ने हुन्छ । खुबी भएकाहरु ठूलै नाम दाम कमाउन सक्नेछन् । काठमाण्डौकै केही रेस्टुरेन्ट र कमेडी क्लबहरूमा पनि ओपन माइक स्ट्याण्ड–अप कलाकार आमन्त्रण गरेर शो गर्न थालिसकेका छन् ।
र्याप ब्याटलमा अश्लिल शब्दहरु प्रयोगमा आउँथे, स्ट्याण्डअप कमेडी शोमा पनि केहीले द्विअर्थी लाग्ने, अपाच्य शब्दहरु प्रयोग गर्दै आएका छन् र उनीहरुलाई गाली गर्नकै लागि भएपनि युट्युबमा बढी भ्यूज हुन पुगेको छ । तर, पोखराका युवाहरुले भने पचाउनै नसक्ने शब्दलाई ठाउँ नदिने बताएका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान