पोखरामा पनि ‘स्ट्याण्ड अप कमेडी शो’

पोखरामा पनि ‘स्ट्याण्ड अप कमेडी शो’

Standup comedy

मोर्डन युथ जेनेरेशन नेपहपको बाटोमा थिए । गिरिश प्रनिल (जिपी) ले खनेको नेपहपको बाटोमा नेप्साइडज हुँदै यमबुद्धसम्म आइपुग्दा युवाहरु ‘र बार्जतिर’ ब्याटलमै झुम्मिए । ६ वर्ष अघितिर ‘र बार्ज’ युट्युबमा ट्रेण्डिङमा रह्यो । लाहुरे, भिटेन जस्ता स्टार बने । तर, समय फेरियो । ‘र बार्ज’ का र्याप ब्याटल सुस्तायो । अहिले चलेको छ ‘स्ट्याण्ड अप कमेडी शो’ ।

काठमाण्डौका युवाहरु समूह-समूहमा शो खिच्दै युट्युबमा अपलोड गर्दै आएकोमा पोखरामा पनि एक समूहले यो शो गर्ने भएको छ । पोखरा झनै मोडर्न युथहरुको शहर भनेर चिनिन्छ, यहाँ नहुने त कुरै भएन । आगामी शुक्रबार अगष्ट ९ तारिखमा लेकसाइड स्थित अल्टिट्युड रेष्टुरेन्ट एण्ड बारमा बेलुकी ७ बजेबाट शो गरिने सुन्दर सुवेदीले जानकारी दिए । उनका अनुसार पोखराका ५ युवक र १ युवतीले प्रस्तुति राख्नेछन् । उनीहरु ‘स्ट्याण्ड अप कमेडी क्लब पोखरा’ नामक समूह बनाएरै अघि बढेका छन् । यो शो सफल भएमा यसलाई निरन्तरता दिने, स्ट्याण्ड अप कमेडी कलाकारहरुलाई बटुल्दै थुप्रै शो हरु आयोजना गर्ने योजना सुवेदीको छ ।

के हो ? ‘स्ट्याण्ड अप कमेडी शो’

स्ट्याण्ड अप कमेडी शो संयुक्त राज्य अमेरिकाको थोरै मौलिक कलामध्ये एक हो । नेपाली शैलीमा वक्तृत्वकला जस्तै जस्तै यसमा हाँस्य शैली हाबी हुन्छ । चोटिलो शब्द, व्यंग्यात्मक वाण हान्ने यो शोमा मञ्चमा उभिएर बोलेरै मान्छे हँसाउनुपर्ने हुन्छ । खुबी भएकाहरु ठूलै नाम दाम कमाउन सक्नेछन् । काठमाण्डौकै केही रेस्टुरेन्ट र कमेडी क्लबहरूमा पनि ओपन माइक स्ट्याण्ड–अप कलाकार आमन्त्रण गरेर शो गर्न थालिसकेका छन् ।

र्याप ब्याटलमा अश्लिल शब्दहरु प्रयोगमा आउँथे, स्ट्याण्डअप कमेडी शोमा पनि केहीले द्विअर्थी लाग्ने, अपाच्य शब्दहरु प्रयोग गर्दै आएका छन् र उनीहरुलाई गाली गर्नकै लागि भएपनि युट्युबमा बढी भ्यूज हुन पुगेको छ । तर, पोखराका युवाहरुले भने पचाउनै नसक्ने शब्दलाई ठाउँ नदिने बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ