पोखरा । हिमालय क्लवको आयोजनामा आगामी भदौ १३ गते देखि १६ गतेसम्म ऐतिहासिक बाटुलेचौर तिज मेला हुने भएको छ ।स्थानिय खेल मैदानमा हुने मेलालाई व्यवस्थित र सफल बनाउन क्लबले राम जि।सीको संयोजकत्वमा ५६ सदस्यीय मुल व्यवस्थापन समिति, ४सय ५२ सदस्यीय आयोजक समिति, ७६ सदस्यीय सल्लाहकार समिति र विभिन्न ३१ वटा उपसमिति गठन गरी मेलाको तयारी शुरु गरेको क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए ।
५ दिनसम्म चल्ने मेलामा अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगिता, द्वितीय हिमालय कप खुला पुरुष भलिवल, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, समुहगत तीज गीत तथा नृत्य प्रस्तुती, श्रष्टा, सहयोगी संस्था, क्रियाशिल पत्रकार महिला सम्मान,एकल महिला सहयोग वितरण लगायतका विविध सांस्कृतिक कार्यक्रम गरिने प्रचार संयोजक केशव वस्नेतले बताए ।
मेलाको ऐतिहासिक पक्षलाई संरक्षण गर्न तीजको पुरानो भाका हम्काईलोको समेत प्रस्तुती रहने वताईएको छ । पोखराकै पुरानो मेलाको रुपमा परिचित वाटुलेचौर तिज मेलालाई थप आर्कषक बनाउन विभिन्न उपसमितिले तयारी शुरु गरेको र विभिन्न संस्थासँग समन्वय गरिएको सचिव प्रकाश थापाले जानकारी दिए ।
मेला सम्पन्न गर्न २० लाख खर्च लाग्ने र मेलावाट करिव २५ लाख आम्दानी गर्ने अनुमान क्लवले गरेको छ । मेलावाट वचत हुँदै आएको रकम हिमालय पुस्तकालयको विस्तार सहित विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताईएको छ ।
आर्थिक अभावका कारण कतिपय चाडपर्वहरु लोप हुँदै गएको परिपे्रक्षमा मौलिक पर्व तीजलाई जर्गेना गर्न पनि मेलालाई निरन्तरता दिईएको संयोजक राम जि।सीले बताए । ऐतिहासिक दृष्टिले वाटुलेचौरको तिज मेला वि.सं. १५२५ भन्दा अगाडीवाट आरम्भ भएको स्थानियको भनाई छ ।
सम्बन्धित खबर
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका विद्यार्थी उत्कृष्ट
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने