तनहुँमा युवती र बालकको शव फेला

तनहुँमा युवती र बालकको शव फेला

sab fela

पोखरा । तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक युवती र बालकको शव फेला परेको छ । नदी किनारमा शुक्रबार अन्दाजी २५-२६ वर्षीया युवती र छ-सात वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला परेका युवती र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • प्रतिकात्मक तस्विर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds