संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीहरूलाई संघबाट प्रदेश स्थानियमा जान नडराउन आग्रह गरेका छन् ।
बाग्लुङका कर्मचारीहरूलाई निर्देशन दिँदै उनले वृत्ति विकास, सेवा सुविधामा कुनै कमी नहुने भएकाले कार्यक्षेत्रमा खटिएर काम गर्न निर्देशन दिए । संघीय कानुन कार्यान्वयनका बेला यो विरोध र असन्तुष्टी स्वभाविक रहेको उनको भनाई छ । मौसम परिवर्तनका बेला रूघा खोकी लाग्नु सामान्य भन्दै उनले कर्मचारीमा अहिले गुनासो हुनु अपेक्षित नै रहेको बताए ।

कर्मचारीलाई निर्देशन दिँदै उनले भने-‘संघीय कार्यालयमा रहँदा सरकारी, प्रदेश कार्यालयमा अलिअलि सरकारी र स्थानिय तहमा सरकारी नै नसोच्ने मानसिकता हटाउनुपर्छ । सरकारी साधनहरूको प्रयोग उचित हिसाबले गरौं । कार्य सम्पादन सम्झौता हुन्छ । उल्लेखित कुरा पूरा भएन, अनुशासन, जिम्मेवारीबोध भएन, खराब आचरण भए मन्त्रालयका सचिव पनि बर्खास्त हुन्छन् । अब बढुवाका लागि विकटमा ३ वर्ष, सुगममा त्यही काम गरेवापत १० वर्ष लाग्छ । सबैको काठमाण्डौंमै बसम् भन्ने सोचलाई अब यसरी हटाउँछौं । ड्युटी आवरमा कुनै निजी काम गर्न पाईनेछैन । ट्रेड युनियन अब कार्यालय समयमा हुँदैन । कार्यालय समय पश्चात् स्वतन्त्र छ । ट्रेड युनियन सेवा हैन । पेशा हैन ।
पेशा राष्ट्रसेवक, सेवा निजामति हो । ट्रेड युनियनको भूमिका सरूवा बढुवाको फाइल बोक्ने हैन । हड्ताल गर्न कुनै छुट छैन । सामूहिक राजिनामा स्वीकृत हुन्छ । अनावश्यक दबाब सुन्न तयार छैनौं । ५८ वर्षे उमेरहद बढ्छ । कामै गर्न नसक्नेलाई अवकाश दिइनेछ । नक्कली रोगीलाई कुनै छुट छैन । महिलाहरूलाई विशेष प्राथमिकता छ तर नेतालाई हुन्न । अनुशाषनहीनलाई दण्ड दिनेछौं ।
अब नेपाल विकशीत देशसँग प्रतिष्पर्धा गर्नुछ ।’ दबाब, प्रभाव, भनसुन, चाकडी, कोशेलीभेटी अब चल्दैन ।
मन्त्री पण्डितले अघि थपे -संघीय निजामति सेवा एेन, प्रदेश निजामति सेवा एेन, स्थानिय सेवा एेनमा अब आफ्नो अनुहार देख्नुहुनेछ । पिपलपात हल्लिएजस्तो सरकार हल्लिदैँन । अब हल्लाउँछु, ढल्लाउँछु भन्ने दिन गए । टाउको नदुखाउनुहोस्, काम पूरा गर्नुहोस् । रिटायर्डहरू डिभि पिआर लिएर गए पेन्सन पाउन्न । अख्तियारमा थुन्ने ठाउँ छैन, नयाँ ठाउँ खोजेर भएपनि भ्रष्टहरूलाई कोच्नुपर्छ । अनि बल्ल कोहि माथिबाट हाम्फाल्छ, कोहि डोरी समात्न पुग्छ । आफ्नो अपराध अर्को पुस्ताले भोग्छ । हात थाप्ने, युवा विदेश पठाउने, अनि देश बन्छ ?’
यसअघि, पर्वतका पत्रकारहरूमाझ उनले संघीय निजामति सेवा एेन अन्तिम चरणमा रहेको र यही हप्ता सदनले पारित गर्ने सम्भावना रहेको समेत बताए ।
यस्तै, बागलुङमा आयोजित पत्रकार सम्मेलनमा संघीय व्यवस्था लागू भएपछि नेपालमा जति छिटो कुनै पनि मुलुकले समायोजन प्रक्रिया नसकेको बताए । दक्षिण अफ्रिका र भारतको उदाहरण दिँदै मन्त्री पण्डितले आफूले १ वर्षमै गरेको कामलाई विदेशीहरूले समेत प्रशंसा गरेको बताए । यो समय नै संघीय कानुन कार्यान्वयनको बेला रहेकोले सबै काम आफ्नो मन्त्रालय मातहत रहेको र काम यति छिटो गतिमा अघि बढ्दा पनि लालबाबुले पहिले जस्तो काम गर्न भनेर आलोचना गर्नु बुझाईको कमी भएको उनको भनाई छ ।

सम्बन्धित खबर
प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब