संजय रानाभाट । पोखरा काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई आईतबार सम्मान गरेको छ । क्याम्पसमा अध्यापन हुने विषय, पठनपाठन, शैक्षिक वातावरणका साथै उच्च शिक्षाका बारेमा अन्र्तक्रियात्मक कार्यक्रम पनि भएको थियो ।
सहायक क्यापस प्रमुख शालिग्राम तिमिल्सिनाले हरेक विद्यार्थीहरुलाई आफ्नो उज्ज्जल भविष्यको निमार्ण गर्दै अगाडि बढ्न सुझाव दिँदै समाजमा एक सच्चा, ईमान्दार व्यक्ति बन्नुपर्ने बताए । अर्का सहायक क्यापस प्रमुख बसन्त अधिकारीले भोलिको दिनमा उज्जल भब्यिको निमार्ण गरी अगाडि बढ्न, आफु पढेको क्याम्पासलाई सधैभरी माया गरी भर्ना अभियानमा सहयोग गर्न अनुरोध गर्दै क्यापासमा दक्ष, अनुभवी, शिक्षक शिक्षिकाद्वारा अध्यापन गराई गुणस्तर शिक्षा प्रदान गर्ने समेत बताए ।

विद्यार्थीहरुलाई सहायक क्याम्पस प्रमुखद्वय तथा शिक्षकहरुले अबिर र खादा लगाई सम्मान गरेका थिए । शिक्षकद्वय सुनिल कोइराला र शिशिर ज्ञवालीलको संयोजकत्वमा भएको कार्यक्रममा सम्पूर्ण विधार्थीहरु, अभिभावक र शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै शिक्षकहरु विष्णु तिमिल्सिना, रेवती घिमिरे, खडानन्द लामिछाने, शंकर ज्ञवाली, पुष्प तिमिल्सिना, शम्भु पौडेल लगायतले क्याम्पसबाट उत्तीर्ण हुने सम्पूर्णलाई बधाई दिदैँ आगामी दिनमा यसैगरी नै अगाडि बढेमा पक्कै पनि सफलता हात पार्ने बताए ।
विद्यार्थी तर्फबाट बोल्दै तुलसी पोखरेल, सौगात शर्मा र चन्द्रबहादुर घर्तीले आफूहरुले यस क्याम्पसबाट धेरै व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्राप्त गरेकोमा आभार प्रकट गरे । कार्यक्रम सञ्चालन मथुरा प्रसाद पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु