मनकामना केवलकारको भाडा ५ प्रतिशतले बढ्यो, दुईतर्फी ६ सय ७५, एकतर्फी ३ सय ९५

मनकामना केवलकारको भाडा ५ प्रतिशतले बढ्यो, दुईतर्फी ६ सय ७५, एकतर्फी ३ सय ९५

cablecar manakamana

गोरखा । गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो । यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेकोमा बढाएर ६ सय ७५ रुपैयाँ र्पुयाइएको छ ।

एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ र्पुयाइएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताए ।

स्थानीय तहलाई तिर्नुपर्ने कर बढेकाले भाडा बढाइएको उनको भनाइ छ । केवलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा छ । कम्पनीले दुबै स्थानीय तहलाई प्रति टिकट एक प्रतिशत कर तिर्नुपर्ने भएकाले मूल्य बढाएको बताएको छ ।

‘दुई स्थानीय तहलाई बिक्री भएको टिकट मूल्यको १र१ प्रतिशत कर बुझाउनुपर्ने भयो फेरि कर्मचारीको तलब पनि २० प्रतिशतले वृद्धि गरेका छौं, त्यसैले भाडा बढाएका हौ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ