काठमाडौं । मासु खाएको कारण कोही पक्राउ पर्यो भन्दा सायद धेरैलाई विश्वास नलाग्न सक्छ । तर, जंगली जनावर दुम्सी मारेर खाने पाल्पाको रिव्दीकोट गाउँपालिकाका तीन जना पक्राउ परेका छन् ।
रिव्दीकोट गाउँपालिका–५, कुसुमखोला मुरेडाँडा बसन्त बहादुर खड्का, सोही गाउँपालिका ६ का भीमबहादुर गाहा, र धनबहादुर गाहा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । डिभिजन वन कार्यालयको अनुरोधमा प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । भीमबहादुर छोरा आषिश गाहाको नाममा समेत पक्राउ पुर्जी जारी गरेको प्रहरी जनाएको छ ।
उनी बिरामी भएकाले पक्राउ नगरिएको बताइएको छ । कुसुम खोलाका बसन्तले ‘बल्ल आज दुम्सीको मासु खान पाइयो’ भन्ने लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । विभिन्न व्यक्तिलाई समेत ट्याग गरिएको थियो भने, मरेको दुम्सी र मासु काटेको देखेपछि त्यसैको आधारमा पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुन चापागाईले बताए ।
यसरी जंगलका कुनै पनि वन्यजन्तु माुरेर वैधानिक रुपमा खान पाइदैन । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अगाडी बढाइएको अनुसन्धान अधिकृत यमलाल पोखरेलले बताए ।
उहाँका अनुसार २० हजारसम्म जरिवानाका साथै एक वर्षसम्म कैद वा दुबै सजायँको व्यवस्था छ । अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । उनीहरुले जानेर यस्तो गल्ती गरेका हुन वा अन्जानमा भन्ने पनी खुल्न सकेको छैन ।
सम्बन्धित खबर
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
पत्नीको बिहे गराइदिएका युवकले चार दिनपछि फिर्ता मागे
एक अध्ययन भन्छ – माइलो सन्तान सबैभन्दा असल !
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल