पोखरा । नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले नेपाल प्रहरी कल्याणकारी कार्यक्रम अन्तरगत संचालित नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँको अवलोकन भ्रमण गरेका छन् ।
मंगलबार प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी बिनोद शर्मा घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की का प्रमुख एसपी दान ब. कार्की, तनहुँ प्रमुख बिनोद सिलबाल, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी बिरेन्द्र कुमार बस्यालसहितको उपस्थितिमा आईजीपी खनालले विद्यालय निरीक्षण गरेका हुन् ।
उनले बिद्यालयको कक्षा कोठा, कार्यालय भवन, छात्रा होस्टल, स्नान गृह तथा शौचालय निरीक्षण गरी विद्यालयमा कार्यरत शिक्षक शिक्षिका र विद्यार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै शिक्षक तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएको प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
आईजीपी खनालले बर्तमान समयमा नेपाल पुलिस स्कुलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा अझ बढी गुणस्तरिय शिक्षा प्रदान गरी यस क्षेत्रकै नमुना बिद्यालय बनाउनु पर्ने विषयमा जोड दिए । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरका लागि संगठनको तर्फबाट आवश्यक सहयोह गर्ने प्रतिबद्धता समेत उनले गरे ।

सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण