पोखरा । पर्वत-बेनी-मुस्ताङ सडकखण्ड दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण गर्न दैनिक साढे आठ घण्टा बन्द गरिने भएको हो ।
बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न गर्न ९ दिनसम्म यसरी काम गरिने भएको छ । पर्वत–बेनी–मुस्ताङ सडकखण्ड माथिबाट निर्माण हुने झोलुङ्गे पुलको आवश्यक लठो तान्नका लागि सहायक जग निर्माण गर्नुपर्ने र त्यस क्रममा ढुङ्गा, माटो सडकमा खस्ने सम्भावना भएका कारण उक्त सडकखण्ड साढे आठ घण्टा बन्द गरिने भएको जनाइएको छ ।
यही भदौ ५ गतेदेखि १३ गतेसम्म बिहान ७ देखि ९ बजे र त्यसपश्चात बिहान १० देखि अपराह्न साढे ४ बजेसम्म कुश्मा–१ मालढुङ्गादेखि पर्वतकै जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणकार्यलाई तीव्रता दिन लागिएको छ ।
सडक बन्द हुँदा म्याग्दी र मुस्ताङबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन उक्त समयमा छुट्न सक्ने छैनन् । यस क्रममा पर्वतको मालढुङ्गा, जलजला हुँदै बेनी, म्याग्दी, मुस्ताङ आवतजावत गर्ने सवारीसाधनलाई बागलुङ बजार हुँदै म्याग्दीको रत्नेचौरदेखि बेनी जाने वैकल्पिकमार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ