राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईको सहयोगमा १ करोड ४० लाख रुपैयाँको लागतमा बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.विमा नयाँ पक्की भवन निर्माण हुने, आठ कोठे भवनको आईतबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शिलान्यास गरेकी छिन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पुनले सुरक्षित भवन र वातावरणमा बसेर अध्ययन गर्न पाउनुपर्ने बालबालिकाको नैसर्गिक अधिकार रहेको बताएकी छिन् । २०७२ सालको विनाशकारी भुकम्पले देशका धेरै विद्यालयलाई क्षति पु¥याएको र त्यस्ता भवनको पुर्ननिर्माणमा सरकार गम्भीर रुपमा लागेको उनको भनाई थियो । “शिक्षा क्षेत्रको आमुल परिवर्तन मात्र होईन, क्षतिग्रस्त विद्यालय भवनको पुर्ननिर्माणमा पनि सरकार गम्भीर रुपले लागेको छ ।” मन्त्री पुनले भनिन् । उनले भवनलाई समयमा नै सम्पन्न गर्न र अभावका विचमा पनि अध्ययन अध्यापनलाई निरन्तरता दिन सुझाव दिएकी छिन् ।

कार्यक्रममा मन्त्री पुनले सीमित श्रोत र साधनका बाबजुद पनि विद्यालयले गरेको शैक्षिक उन्नतिप्रति खुसी प्रकट गर्दै प्रदेश सरकारका तर्फवाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले विद्यालयमा विद्यार्थीको चाप अधिक रहेको तर शिक्षक दरबन्दी न्युन हुदाँ कठिनाई परेको उल्लेख गर्दै दरबन्दी थप गरिदिन आग्रह गरिन् । कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जोखिमयुक्त भवन भत्काएपछि भवनको थप समस्या परेपनि अव छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रमका अवसरमा विद्यालयका सुचना अधिकारी राम वहादुर बानियाँले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाका वारेमा जानकारी गराएका थिए । साउदी अरेविया सरकारको आर्थिक सहयोग र प्राधिकरण जिल्ला कार्यान्वयन इकाईको समन्वयमा निर्माण हुने पक्की भवन चैत मसान्तसम्ममा सम्पन्न गरिने सुचना अधिकारी वाँनियाले बताएका छन् ।२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पले विद्यालयको भवनलाई क्षति पु¥याएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो