पोखरा, १० भदौ / हरितालिका तीजको अवसरमा पोखराको लामाचौरमा भदौं १२ गते हुने लामाचौर राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ । भलिबल प्रतियोगिता ६ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन शसस्त्र बल, न्युडाईमण्ड एकडेमि, नेपाल पुलिस क्लब, चितवन टाइगर्स क्लब, जावलाखेल भलिवल प्रशिक्षण केन्द्र र पश्मिाञ्चल भलिबल टिम गरि ६ टिमको सहभागिता रहने छ ।
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पुरस्कार प्रथम, द्धितिय, तृत्तिय पुरस्कार क्रमशः १ लाख १ सय ५५, ६५ हजार ५ र २५ हजार ५ नगद, मेडल ट्रफि र प्रमाणपत्र रहेको छ । त्यस्तै उत्कृष्ट खेलाडिलाई आर्कषक पुरस्कार रहेको छ । “मौलिक संस्कृतिको जगेर्ना गरौं” भन्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने समाजका अध्यक्ष कमल बहादुर थापाले बताए ।
महोत्सवबाट बचत हुने रकम समाजले संचालन गर्दै आएको एम्बुलेन्स तथा शव वहान सेवामा खर्च गरिने पुर्व अध्यक्ष एवं आकस्मिक सेवा संयोजक संजयकुमार अधिकारीले जानकारी दिए । महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।
त्यसै गरी महोत्सवमा प्रदेश स्तरीय आमन्त्रण राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता, अन्तर बिद्यालय छात्रा भलिवल प्रतियोगिता, नर बहादुर बानिया स्मृती प्रदेश स्तरिय सितोरियो कराँते प्रतियोगिता, समुहगत तीज गीत प्रतियोगिता, अन्तर बिद्यालय लोकनृत्य प्रतियोगिता, लगायतका प्रतियोगिताहरु हुनेछन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन