बलिउडका दुई सुपरस्टार सलमान खान र अक्षय कुमारको बक्सअफिस भिडन्त अब लगभग निश्चितझैँ देखिएको छ । अर्को वर्षको इदमा दुई अभिनेताको फिल्म एकसाथ प्रदर्शनमा आउँदैछ । सलमान खानको ‘किक २’ र अक्षय कुमारको ‘लक्ष्मी बम्ब’ ईदमा रिलिज हुने फाइनल भएको छ ।
पहिला अक्षयको ‘लक्ष्मी बम्ब’ जून २०२० मा रिलिज हुँदै थियो तर यसका मेकर्सले फिल्मको रिलिज प्रिपोन अर्थात् पछाडि सरे । अब यो फिल्म २२ मे २०२० मा रिलिज हुनेछ । यो डेटमा सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शा अल्लाह’ नआउने भएपछि अब ‘किक २’ आउने निश्चित भएको छ ।
अर्को वर्षको इदमा सञ्जय लीला भन्सालीको निर्माण र निर्देशनमा बन्न लागेको फिल्म ‘इन्शा अल्लाह’ प्रदर्शनमा आउने कन्फर्म भएको थियो । तर, विविध कारणले यो फिल्मकोे निर्माण रोकिएको छ । फिल्ममा सलमानको जोडी अभिनेत्री आलिया भट्टसँग बाँधिएको छ ।
‘किक २’ को निर्देशन साजिद नाडियाडवाला गर्दैछन् । यो फिल्मको छायांंकन ‘दबंग ३’ को छायांकन पूरा भएपछि सुरु हुने बताइएको छ । अक्षयको फिल्म ‘लक्ष्मी बम्ब’ को निर्देशन भने राघव लरेन्सले गर्दैछन् । फिल्ममा अक्षयको अपोजिटमा अभिनेत्री कियारा आडवाणी देखिँदैछिन् ।
सम्बन्धित खबर
प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले ल्याए– ‘जय महाकाली’
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु