पोखरा । पोखरा मिडिया कप अन्तरगत बुधबार भएको ‘महिला पत्रकार’ र ‘महिला सेलिब्रिटी’बीच भएको मैत्रीपूर्ण खेलमा कलाकारको टोली विजयी बनेको छ । १–० गोल अन्तरले कलाकारहरुले नतिजा आफ्नो पोल्टामा पारेका थिए ।
मैत्रीपूर्ण खेल खेल्नकै लागि अभिनेत्री सुरविना कार्की, सम्पदा बानियाँ र चर्चित युट्युबर तथा मोडल सोनिका रोकाया पोखरा आएका थिए । उनीहरुसँगै पोखराका चर्चित महिला कलाकारहरु मिलेर महिला पत्रकारहरुसँग फुटसल खेलेका थिए । महिला पत्रकार र सेलिब्रिटीबीच भएको प्रतिस्पर्धात्मक खेललाई प्रतियोगिताकै सबैभन्दा आकर्षक खेलको रुपमा आयोजकले प्रचार गरिरहेको थियो ।

खेल हेर्नका लागि बाहिरी दर्शकको पनि उल्लेख्य सहभागिता रहेको थियो । ‘खेल मैत्रीपूर्ण रह्यो । हामी कलाकारहरुसँग यसरी मिडिया कपको अवसर पारेर मैत्रीपूर्ण खेल खेल्न पाउँदा खुशी छौँ । आगामी दिनमा पनि यस्तै अवसर आयोजकले जुटाओस् ।’ महिला पत्रकार समूहका क्याप्टेन सरिता तिमिल्सिना पंगेनीले भनिन् ।
यस्तै यता महिला पत्रकारहरुसँग खेल्न पाउँदा आफूहरु निकै खुशी भएको सेलिब्रिटीहरुले प्रतिक्रिया दिए । ‘निकै विशेष लाग्यो । पहिलोचोटी नै यस्तो प्रतियोगितामा सहभागिता लिएकी थिएँ । र, विजेता बन्न पनि पाईयो । यो सबै टिम स्पिरिट बाट मात्रै सम्भव थियो । यसले एकतामा बल हुन्छ भन्ने कुरा पनि अझै राम्रो सक्न सिक्न पाईयो ।’ अभिनेत्री सुरविना कार्कीले भनिन् ।

आयोजकले मैत्रीपूर्ण खेलमा सहभागी दुवै टीमलाई ट्रफि प्रदान गरेको थियो ।
https://www.facebook.com/Juksoncom/videos/648158442356215/
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु