पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–३२ गगनगौँडामा गएराति ग ७ प ७४२८ नं. को मोटरसाइकल र ग११प २३५८ नं. को स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा ५ पर्स्याङ निवासी १८ वर्षीय सागर गुरुङको मृत्यु भएको हो ।
ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक लेखनाथ भण्डारढीकका २२ वर्षीय विकल सुनार, मोटरसाइकल पछाडि बस्ने रुपा ७ का २५ वर्षीय दीपक विक र स्कुटर चालक पोखरा २ अर्चलबोटका २५ वर्षीय निशान गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
यस्तै, गएराति नै पृथ्वीराजर्मागस्थित लेखनाथको तालचोकमा भएको अर्को दुर्घटनामा बाग्लुङका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ । ग ३ च १४२२ नं को मिनीभ्यान र बा ९४ प १७०५ नंको मोटरसाइकल राति ९स्४५ बजेको समयमा एकापसमा ठोक्किएको थियो । पाइजा काठमाडौँ कीर्तिपुर बस्दै आएका थिए । दुर्घटनामा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
अद्यावधिक गरिएको ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु