पोखरा । पोखराको पृथ्वीचोकमा रहेको हङकङ बजारले चाडपर्वको अवसर पारेर उपहार योजना ल्याएको छ । तीज, दशैं, तिहारको अवसरमा हङकङ बजारले यस्तो योजना ल्याएको हो । यस योजना अन्तर्गत कुनै पनि सामानको खरिद गर्दा उपभोक्ताले कुपन पाउने छन् ।
बजार भित्रका कुनैपनि पसलमा ५ सय बराबरको सामान किन्दा एउटा कुपन, १ हजारको खरिदमा २ वटा कुपन पाउने छन् । यस्तै १५ सय को सामान खरिद गर्दा ३ वटा कुपन र २ हजारको खरिदमा ४ वटा कुपन पाउने छन् ।
उपहार अफरमा पोखरा हङकङ बजार व्यवस्थापन समितिले उपहारको व्यवस्था गरेको छ । यस योजना अन्तर्गत १ जनालाई प्रथम पुरस्कार स्वरुप डियो स्कुटर दिइने छ । साथै दोस्रो पुरस्कार स्वरुप एक जनालाई १ तोलाको सुनको सिक्का प्रदान गरिने छ ।
तेस्रो हुने एक जनालाई ३२ इन्चको एल.ई.डी टेलिभिजन, चौंथो पुरस्कार एक जनालाई रेफ्रिजरेटर, पाँचौ पुरस्कार एक जनालाई मोबाइल फोन, छैँठौ पुरस्कार तीन जनालाई स्ट्याण्ड फ्यान र सातौँ पुरस्कार पाँच जनालाई राईस कुकर प्रदान गरिने भएको छ ।
यस्तै आठौं पुरस्कारका रुपमा ५ जनालाई प्रेसर कुकर र १० जनालाई १ तोला चाँदीको सिक्का सान्तवना पुरस्कारको रुपमा प्रदान गरिने भएको छ । साथै पोखरा हङकङबजार भित्रका व्यवसायी मध्ये सबैभन्दा बढी कुपन बाँड्ने व्यापारीले आधा तोला सुनको सिक्का र दोस्रो धेरै बाँड्नेलाई चार आनाको सुनको सिक्का पाउने भएका छन् ।
उपहार २०७६ कार्तिक ३० गते शनिबार पोखरा हङकङ बजार व्यवस्थापन समितिको कार्यालयमा खोलिने छ । त्यसको नतिजा स्थानीय राष्ट्रिय दैनिक पत्रिका मार्फत सार्वजनिक गर्ने जनाइएको छ । कुपन खोलिएको १० दिनभित्र पोखरा हङकङबजार व्यवस्थापन समितिको कार्यालयमा सम्पर्क गरि लिइसक्नु पर्नेछ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो