एक सामुदायिक र एक संस्थागत गरी दुई वटा विद्यालय उत्कृष्ट विद्यालयको छनौटमा परेका हुन् । उत्कृष्ट बन्नेमा सामुदायिकतर्फ अमरसिंह मा.वि र संस्थागत तर्फ एस ओ एस हर्मन माईनर रहेका छन् ।
शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गर्नेछ । यसरी उत्कृष्ट बन्नेमा कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी देशभरका १२ विद्यालय रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
जस अनुसार ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा’ अन्तर्गत कक्षा १२ सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ अमरसिंह मावि, मोरङ् ईन्द्रपुरको सुकुना मावि र पर्वत फलेवासको भवानी विद्यापीठ क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
यस्तै सोही समूह अन्तर्गत संस्थागत तर्फ क्रमशः कास्कीकै एसओएस हर्मन माईनर प्रथम, काभ्रे सांगाको नेपाल प्रहरी मावि द्धितीय र काठमाडौं माईतीघरको सेण्ट जेभिष्सै कलेज तृतीय भएका छन् ।
यसैगरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० तर्फ सामुदायिकमा मेधा सामुदायिक विद्यालय तेखापुखु भक्तपुर, रेसुङ्गा मावि तम्घास गुल्मी र तरुणमावि बालाजु काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
यही समूहका संस्थागत तर्फ रिलायन्स ईण्टरनेशनल एकेडेमी कपन काठमाडौं, नेपाल प्रहरी मावि साँगा काभ्रे र भ्याली भ्यु ईङ्लीस स्कुल नयाँ बनेश्वर काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
तोकिएको मापदण्डका आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट छनौट गरी पठाईएका विद्यालयलाई पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ ।
सामुदायिक र संस्थागत दुवै तर्फ उत्कृष्ट बनेका सबै विद्यालयलाई आगामी भदौ २२ गते परेको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसका दिन काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने बताइएको छ ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु