पोखरा । पोखरेली ट्याक्सी सेवा प्रालिको अध्यक्षमा प्रकाशमणि तिवारी निर्वाचित भएका छन् । ट्याक्सी व्यवसाय समिति पोखराको ३९औं वार्षिक साधारणसभा तथा रुपान्तरित पोखरेली ट्याक्सी सेवा प्रालिको सोमबार आयोजित प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनले तिवारीको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको हो । यस अगाडि समितिको समेत कुशल नेतृत्व गरेका तिवारीलाई व्यवसायीले रुपान्तरिक कम्पनीको पनि अध्यक्षमा चयन गरेका हुन् ।
प्रालिको सञ्चालकहरुमा शोभाकान्त पौडेल, रामजी घिमिरे, युवराज भट्टराई, पूर्णबहादुर गुरुङ, सूर्यबहादुर थापा, कृष्णबहादुर थापा, मधुसुधन पौडेल, युवराज गुरुङ, नारायणप्रसाद शर्मा, सुरथ पौडेल सर्वसम्मत चयन भए । नवनिर्वाचित सञ्चालकहरुको कार्यकाल ४ वर्षको रहनेछ ।
साधारणसभाको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले गरेका थिए । उद्घाटनका अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष विजयकुमार स्वाँर, हरिशरण केसी, उपाध्यक्ष ऐनकुमार साई, महासचिव सरोज सिटौली, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख दानबहादुर कार्की, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेकपा कास्कीका कार्यालय सचिव दामोदर बैरागी लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु