पोखरा । पोखरेली ट्याक्सी सेवा प्रालिको अध्यक्षमा प्रकाशमणि तिवारी निर्वाचित भएका छन् । ट्याक्सी व्यवसाय समिति पोखराको ३९औं वार्षिक साधारणसभा तथा रुपान्तरित पोखरेली ट्याक्सी सेवा प्रालिको सोमबार आयोजित प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनले तिवारीको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको हो । यस अगाडि समितिको समेत कुशल नेतृत्व गरेका तिवारीलाई व्यवसायीले रुपान्तरिक कम्पनीको पनि अध्यक्षमा चयन गरेका हुन् ।
प्रालिको सञ्चालकहरुमा शोभाकान्त पौडेल, रामजी घिमिरे, युवराज भट्टराई, पूर्णबहादुर गुरुङ, सूर्यबहादुर थापा, कृष्णबहादुर थापा, मधुसुधन पौडेल, युवराज गुरुङ, नारायणप्रसाद शर्मा, सुरथ पौडेल सर्वसम्मत चयन भए । नवनिर्वाचित सञ्चालकहरुको कार्यकाल ४ वर्षको रहनेछ ।
साधारणसभाको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले गरेका थिए । उद्घाटनका अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष विजयकुमार स्वाँर, हरिशरण केसी, उपाध्यक्ष ऐनकुमार साई, महासचिव सरोज सिटौली, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख दानबहादुर कार्की, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेकपा कास्कीका कार्यालय सचिव दामोदर बैरागी लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू