फेरि रवि लामिछानेलाई थुन्न माग गर्दै उच्च अदालतमा निवेदन

फेरि रवि लामिछानेलाई थुन्न माग गर्दै उच्च अदालतमा निवेदन

Rabi_Lamichhane

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टिलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गरिएको छ ।सोमबार सरकारी वकिल कार्यालय, हेटौंडाले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको हो । जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको छ ।

जिल्ला अदालत चितवनले धरौटीमा छोड्ने निर्णय नमिलेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले निवेदन दिएको हो। रवि लामिछाने पनि केही दिन पहिले आफैं हेटौंडा इजलास पुगेका थिए। उनको मुद्दामा उच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलले रविलाई पाँच, कँडेललाई ३ र कार्कीलाई साधारण तारेखमा छाड्ने आदेश गरेको थियो। उक्त आदेश बदर हुनु पर्ने माग गर्दै सरकारी पक्षले पनि निवेदन दिएको हो। निवेदन उपर मंगलबार सुनुवाई हुने भएको छ।

यसअघि धरौटीमा छुटेका लामिछाने र कँडेलले आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनु पर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेश विरुद्ध निवदेन दर्ता गराएका थिए।

चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ