काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टिलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गरिएको छ ।सोमबार सरकारी वकिल कार्यालय, हेटौंडाले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको हो । जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको छ ।
जिल्ला अदालत चितवनले धरौटीमा छोड्ने निर्णय नमिलेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले निवेदन दिएको हो। रवि लामिछाने पनि केही दिन पहिले आफैं हेटौंडा इजलास पुगेका थिए। उनको मुद्दामा उच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलले रविलाई पाँच, कँडेललाई ३ र कार्कीलाई साधारण तारेखमा छाड्ने आदेश गरेको थियो। उक्त आदेश बदर हुनु पर्ने माग गर्दै सरकारी पक्षले पनि निवेदन दिएको हो। निवेदन उपर मंगलबार सुनुवाई हुने भएको छ।
यसअघि धरौटीमा छुटेका लामिछाने र कँडेलले आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनु पर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेश विरुद्ध निवदेन दर्ता गराएका थिए।
चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु