ग्लोबल रिच २९ औं वर्षमा

ग्लोबल रिच २९ औं वर्षमा

lobal reach

ग्लोबल रिचले स्थापनाको २८ औँ वर्ष पुरा गरि २९ औं वर्ष प्रवेश गरेको छ । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको ग्लोबल रिचको भारत, नेपाल, अष्ट्रेलिया, भुटान र बंगालदेशमा शाखा सञ्चालन गरिरहेको छ ।  भने प्रधान कार्यालय भारतको कलकत्तामा  रही  ५ वटा देशमा ४० वटा शाखाबाट सेवा सञ्चालन गरि  उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दैै आइरहेको छ ।

ग्लोबल रिचका विभिन्न शाखा मध्य पोखरा शाखा स्थापनाको ४ वर्ष २ महिना भएको छ  ग्लोबल रिचका ४० शाखामध्ये पोखरा शाखा उत्कृष्ट ५ भित्र पर्न सफल रहेको शाखा प्रमुख सरिता गुरुङले जनाइन्।

ग्लोबल रिचले नेपालमा १२ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ । परामर्शका सेवाका लागि ग्लोबल रिच पोखरा शाखामा कास्की तथा आसपासका जिल्लाबाट विद्यार्थीहरु आउने क्रम बढेको काउन्सिलर पद्मा अधिकारीले बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ