काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिरामी भएर अस्पतालमा भर्ना भएका कास्की कांग्रेसका सभापति कृष्ण केसीसँग भेट गरेका छन् । एको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पताल पेल्भिक डेर्मोइडको मेजर सर्जरी गराएका केसीलाई भेट्न पौडेल अस्पताल गएका हुन् ।
दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा कास्की पुगेका नेता पौडेलले मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुगेर जिल्ला सभापति केसीसँग भेट गरेका हुन् । उपचारमा संलग्न वरिष्ठ शल्य चिकित्सक डा. नरेन्द्र गुरुङले पेल्भिक डर्माेइडबाट ग्रसित नेता केसीलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । ‘उहाँको स्वास्थ्य अवस्था एकदमै राम्रो छ,’ उनले भने, ‘अब एक, दुई दिन भित्रमा घर जान सक्नुहुन्छ ।’
केसीलाई अस्पतालमै भेट्नेको लर्को लागेको छ । उपचारका लागि नेताहरु विदेशै जाने परम्परालाई केसीले तोडेको भन्दै धेरैले उनको तारिफ समेत गरेका छन् ।
सभापति केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मा, राष्ट्रिय सभा सांसद देवी राना, गण्डकी प्रदेशका सांसद दीपक कोइराला, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्की, गण्डकी प्रदेशका सांसद कृष्ण थापा, गण्डकी प्रदेशकै सांसद मेखलाल श्रेष्ठ, शुक्रराज शर्मा लगायतका थुप्रै नेता तथा कार्यकर्ता र संघ संस्थाका प्रतिनिधिहरु पुगिसकेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापा, डाक्टर अर्जुन आचार्य पनि केसीको स्वास्थ्य अवस्था बुझ्न पुगेका थिए ।

सम्बन्धित खबर
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’