पोखरा – ज्ञान करिअर इन्स्टिच्यूट प्रालिले अध्ययनका लागि साइप्रस जान चाहने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सेमिनारको आयोजना गरेको छ । सृजनाचोकस्थित आफ्नै कार्यालयमा भदौ २७ गते शुक्रबार सेमिनार हुने कम्पनीले जनाएको छ ।
निशुल्क रुपमा हुने सेमिनारमा साइप्रसको शिक्षा नीति, अध्ययनका लागि लाग्ने प्रकृया, शुल्क र त्यहाँको बसाईको बिषयमा जानकारी दिईने ज्ञान इन्स्टिच्यूटकी संचालक अकृजा पोखरेलले जानकारी दिईन् । ‘नेपालबाट बैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि साइप्रस गज्जबको गन्तब्य हो । सामान्य नतिजा भएका विद्यार्थीहरुलाई पनि साइप्रसले स्विकार गर्छ । र, साइप्रस जानका लागि कुनै पनि खालको भाषा परिक्षा दिईरहनु पनि पर्दैन ।’ पोखरेलले भनिन्–‘विद्यार्थी र अभिभावकहरुलाई यो सेमिनारमा अझै विस्तृतमा बुझाईनेछ । त्यसैले यो मौका नगुमाउनुहोला ।’
कम शुल्कमा यूरोपियन स्टान्डर्डको अध्ययन गर्न पाईने भएपछि पछिल्लो समय नेपाली विद्यार्थीहरु साइप्रसतर्फ आकर्षित भैरहेका छन् । साइप्रस जानका लागि विद्यार्थीहरुले झन्झटिलो प्रकृयाबाट गुज्रनुपर्दैन । ‘साइप्रस यूरोपियन युनियनको सदस्य राष्ट्र हो । तर विद्यार्थीहरु अध्ययनका लागि साइप्रस जाँदा आइईएलटिएस गर्न नपर्ने, इन्टरभ्यूका लागि दिल्लीसम्म पुग्न नपर्ने व्यवस्था गरिएको छ । जसले गर्दा विद्यार्थीलाई सजिलो हुन्छ ।’ इन्स्टिच्यूटकी संचालक पोखरेलले भनिन्–‘र, विद्यार्थीलाई भिसाको ग्यारेन्टी पनि हुन्छ ।’
ज्ञान करिअर इन्स्टिच्यूट प्रालिले चाइनिज, जापानिज, जर्मन, आइईएलटिएस जस्ता भाषाका कक्षाहरु संचालन गर्दै आएको छ । त्यस्तै शैक्षिक परामर्शदाता कम्पनीको रुपमा इन्स्टिच्यूटले अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिकासँगै डेनमार्क, फ्रान्स, जर्मनी, पोल्याण्ड, माल्टा लगाएतका यूरोपियन मुलुकमा जाने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ