पोखरा । पश्चिमाञ्चल सामुदायिक अस्पतालले पत्रकारलाई २० प्रतिशत छुट दिने घोषणा गरेको छ । अस्पतालका अध्यक्ष हरिप्रसाद पाण्डेले सहकारीको आफू अध्यक्ष रहेको पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको तेश्रो साधारणसभाको अवसरमा यस्तो घोषणा गरेका हुन् । पाण्डेले अस्पतालले दिने सेवामा पत्रकारलाई २० प्रतिशत छुट दिने बताए ।
कार्यक्रमका पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले पृथ्वीचोक क्षेत्र डेंगु प्रभावित क्षेत्र भएकाले डेंगु परिक्षणमा छुट दिन आग्रह गरे ।

कार्यक्रममा जिल्ला सहकारी संघका सचिव दीपक आचार्य, पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष कमल न्यौपाने, गोल्डेन सहकारीका अध्यक्ष विष्णु बराल, पृथ्वी बहुउद्धेश्यीय सहकारीका निवर्तमान अध्यक्ष ओम कार्की, मुक्तिनाथ विकास वैंकका राजु पौडेल, सहकारीका कानुनी सल्लाहकार सन्तोष अधिकारीलगायतले सहकारीको मर्म र धर्म निर्वाह गर्दै उत्पादनमा जोडिन सुझाव दिएका थिए ।
साधारण सभाको अवसरमा उत्कृष्ट निक्षेपकर्ताको रुपमा निर्देश फर्मा, दुर्गा लामिछाने, बाबुराम पौडेल, उत्कृष्ट कर्मचारीको रुपमा प्रबन्धक उषा गैह्रे र बजार प्रतिनिधि संगीता श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो ।
पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाको पुँजी १ करोड ९२ लाख ७५ हजार छ भने ४ करोड निक्षेप संकलन गरेको सहकारीका अध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन