पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबस तनहुँमा जिपसँग ठोक्कियो

पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबस तनहुँमा जिपसँग ठोक्कियो

micro jeep

पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको ग१ ख ४०४४ नम्बरको माइक्रो तनहुँको व्यास नगरपालिका १ मुसेखोला स्थित पृथ्वी राजमार्गमा  विपरीत दिशाबाट आँउदै गरेको ग२च ५७४२ नम्बरको जीपसँग ठोक्किँदा १५ जना घाईते भएका छन् ।

उनीहरुको ब्यास हस्पिटल दमौली उपचार भएको छ । तत्कालै प्रहरी टोलि खटिई जिप र जीप चालकलाई नियन्त्रणमालिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी, तनहुँ आबुखैरेनी गाउँपालिका २ ऐक्लेफाँट स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको लु १ ख ४४७३ नम्बरको ट्रक अनियन्त्रीत भई सडकबाट खसेको छ । अंन्दाजी १० मिटर तल खेतमा खस्न जाँदा ट्रक चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका २९ का २७ बर्षिय सुरेश बल घाइते भएका छन् ।

त्यसैगरी, गोरखाको पालुङटार नगरपालिका ३ मैवल स्थित ठाँटीपोखरी हर्मी सडक खण्डमा आँपपिपलबाट ठाँटीपोखरीतर्फ आँउदै गरको ना ५३ प ९३५८ नंम्बरको मोटरसाईकल र विपरित दिशाबाट आँउदै गरेको ग १६ प ८५८९ नंम्बरको मोटरसाईकल दुर्घटना भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ