पोखरा । हाम्रो कास्कीकोट यूवा सञ्जालले वालदिवसको अवसरमा खुला वक्तृत्वकला प्रतियोगिता आयोजना ग¥यो । कास्कीकोटमा जन्मेका वा अध्ययन गरेका कक्षा दशसम्मका विद्यार्थीहरुले भाग लिने गरी आयोजित उक्त प्रतियोगितामा विभिन्न विद्यालयका २६ जना विद्याथीहरुले भाग लिएका थिए ।
‘मैले देखेको कास्कीकोट’ शीर्षकमा सञ्चालित उक्त वक्तृत्वकला प्रतियोगितामा कालिका मा.वि.की सपना सुवेदी प्रथम भएकी छन् । मदरल्याण्ड बोर्डिङ स्कुलकी मानषी तिमिल्सेना द्धितीय, बसन्त आधारभूत विद्यालयका दिवस बस्ताकोटी तृतीय र शान्ति निकेतन स्कुलकी अन्जना अधिकारी तथा विश्वज्योति बोडिङ स्कुलका सुदिप सुवेदीले सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायकमा डा. भूमिराज बस्ताकोटी र रेशम गिरी थिए ।
प्रतियोगितामा विजयी प्रतियोगिहरुलाई प्रमाणपत्र, ट्रफिका साथै क्रमशः नगद पाँच हजार, तीन हजार, दुई हजार र एक-एक हजार रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले वालवालिकाहरु भविष्यका कर्णधार भएको हुँदा वालदिवसको अवसर पारेर उनीहरुको हकहीतका विषयमा कुरा गर्नु तथा उनीहरुको क्षमतालाई प्रष्फुटन गराउने खालका कार्यक्रम आयोजना हुनु वालवालिका प्रतिको सम्मान रहेको धारणा राखे ।

पोखरा महानगरपालिकाको वडा नं. २४ मा अवस्थित कालिका माध्यामिक विद्यालयको सभाहलमा सञ्चालन भएको कार्यक्रमको अध्यक्षता कास्कीकोट युवा सञ्जालका संयोजक हेम सुवेदीले गरेका थिए । वडा अध्यक्ष ओमप्रसाद सुवेदीले कास्कीकोटको हितका लागि साना वालवालिका देखि उमेरले परिपक्व हरेक ब्यक्तिका विचारहरु स्वागत योग्य रहेको बताए ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य समेत रहेकी वडा सदस्य सन्तु सुवेदीले हाम्रो कास्कीकोट यूवा सञ्जालले आयोजना गर्ने कार्यक्रम महानगरकै लागि उदाहरणीय हुने धारणा राखिन् । कार्यक्रममा स्थानिय प्रतापवहादुर कार्की, शिवबहादुर अधिकारी, तेजेन्द्र पौडेल, विष्णुप्रसाद तिमिल्सेना, धर्म गिरी, जगत सुवेदी, लक्ष्मण गिरी, भीमप्रसाद सुवेदी, इश्वरीप्रसाद बस्ताकोटी, डा. यामनाथ तिमिल्सेना लगायतका समाजसेवी, शिक्षाप्रेमी एवम् बुद्धिजिवीहरुले शुभकामना मन्तव्य राखेका थिए । वडा नं. २४ कास्कीकोटका सम्पूर्ण स्थानिय जननिर्वाचित उपस्थित रहेको उक्त कार्यक्रमवाट टोलटोलमा पुगेर तर्जुमा गरेका योजनामा समेत छुटेका कतिपय कार्यक्रमहरुको अवधारण विद्यार्थीवाट प्राप्त भएको धारणा वडा सदस्य अग्निधर त्रिपाठीले राखे ।
सञ्जाल पदाधिारी कविता वि.क.ले संयोजन गरेको उक्त कार्यक्रममा अर्जुनवहादुर अधिकारीले स्वागत मन्तव्य एवम् शालिकराम शितल गिरीले सञ्चालन गरेका थिए । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कास्कीकोटका विकास र प्रवद्र्धनका सम्वन्धमा सम्भावना, चुनौती एवम् समस्या र समाधानका उपायहरु प्रस्तुत गरेका थिए । प्रतियोगितामा मनिका गिरी, जानकी भट्टराई, सन्देश रानाभाट, शिशिर सुवेदी, सम्भावित बस्ताकोटी, सपना सुवेदी, महेश भट्टराई, सुदिप सुवेदी, अदिति कार्की, सुस्मिता भट्टराई, रचना तिमिल्सेना, सुनिल सुवेदी, सुर्य भट्टराई, अञ्जना अधिकारी, सन्देश सुवेदी, सौगात बस्नेत, दिवस बस्ताकोटी, पूर्णिमा के.सी., सलोन बस्नेत, आविश्कार बस्ताकोटी, विवेक गिरी, किरण भट्टराई, मानुषी तिमिल्सेना, शुस्मा देवकोटा, किन्जल सुनार र सन्ध्या भट्टराई सहभागी रहेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो