पोखरा । संविधान दिवसको पुर्व सन्ध्यामा गण्डकी प्रदेश सरकारले मैत्रीपुर्ण भलिवल आयोजना गरेको छ । ससस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपुर्ण भलिवलमा बुधबार तीन खेल भएका छन् ।
पहिलो खेलमा मुख्यमन्त्री टिम निजामति कर्मचारीहरुको टिमसंग २–१ सेटमा पराजित भएको छ । मुख्यमन्त्रीको टिमबाट आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत, मुख्यमन्त्रीका राजनितिक सल्लाहकार गोविन्द बहादुर नेपाली, सांसदहरु मोहन बस्नेत र मिन प्रसाद गुरुङ लगायत सहभागी थिए । निजामति कर्मचारीको तर्फबाट मुख्यमसचिव हरि प्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे मुख्यमन्त्री कार्यलायका उपसचिव डिल्लीराम सिग्देल लगायत सहभागी थिए ।
त्यस्तै दोस्रो खेलमा पश्चिमाञ्चल खेलकुद संघले उद्योग बाणिज्य संघको टोलीलाई पराजित गरेको छ । २–० को सोझो सेटमा खेलकुद संघ विजयी भएको हो । तेस्रो खेल पत्रकार र कर्मचारीविच भएको थियो । यो खेलमा पत्रकारको टोली २–० को सोझो सेटमा पराजित भयो । फाइनल खेल विहिबार पश्चिमाञ्चल खेलकुद संघ र निजामति कर्मचारी टिमवीच हुनेछ । यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेफ्रीलाइ भलिबल हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गरेका थिए । संविधान दिवसको अवसर पारेर प्रदेश सभाले विभिन्न कार्यक्रम गरिरहेको छ ।
सम्बन्धित खबर
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’