पोखरा – पोखरामा देखिएको डेंगु भाइरसका बिमारी बढिरहेका बेला अनेरास्ववियुले सचेतता कार्यक्रम लाई अगाडि बढाएको छ, संगठनका अध्यक्ष शेखर गौतमले आज लामखुट्टेको टोकाइ बाट सर्ने रोग र सेतो पुतली बाट सर्ने सापु रोगका बारेमा बिन्ध्याबासिनी मा . बि . बाटुलेचौर र शान्ती मा. बि. अर्मलामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको र कास्किमा १० दिन अगाडि बाट सुरु गरेको अभियानबाट कम्तीमा तीस हजर जना लाभान्वित भएको सुनाए। कार्यक्रमका प्रमुख अतिथी वडा १६ का अध्यक्ष जीवन आचार्यले विद्यार्थी पहिले सुचना सम्प्रेषण गर्ने माध्यम भएकोले तत्काल घरघरमा चेतना वृद्धि गर्न सकिने हुदा यस्तो संकटमा यो अभियान बिधालयमा गर्नुले धेरै महत्त्वपूर्ण भएको बताए ।
कार्यक्रमका अध्यक्ष एबं बिद्यार्थी नेता शेखर गौतमले कास्किका ग्रस्त क्षेत्रमा अभियान सुरु गरि आज सम्म धेरैले सतर्कता अपनाएकोले झोखिम न्यून भएको बताए कास्कीका तीस हजार नागरिक सग प्रत्यक्ष भेटेर सचेतता जगाएको सुनाए , अझै आबस्यक परेमा कास्की मात्र हैन नेपालको अप्ठेरो परेको ठाउँमा बोलाउदा पनि पुग्ने बताए ।
डा सुन्दर रमण पराजुलीले लामखुट्टे को टोकाइबाट सर्ने भएकोले लामो बहुला बएको कपडा र जुत्ता लामो मजा लगाएर स्कुल आउन सुझाव दिए, झोलिलो खनिकुरा खादा स्वास्थ्यमा धेरै फाइदा हुने बताए ।यस्तै नेत्र रोग विशेषज्ञ सुबास नेपालले सेतो कालो धर्का भएको पुतली बाट जोगिन आग्रह गर्दै भने राती बत्तिमा आउने पुतलीबाट जोगियो भने सापु रोग बाट पनि बचिने बताए ।कार्यक्रमको संचालन अनेरास्ववियु कास्की का नेता माधब गौतमले गरेका थिए भने स्वागत अनेरास्ववियु क्षेत्रीय इन्चार्ज रोशन भट्टराईले गर्नुभएको थियो।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन