छैटौं राष्ट्रिय परिवार नियोजन सेवा दिवस अवसरमा भएको अन्तर कलेजस्तरीय वक्तृत्वकलाप्रतियोगितामा गण्डकी मेडिकल कलेजकी कृतिका कँडेल प्रथम भएकी छन् । ‘किशोर किशोरीको सहभागिता, परिवार योजना सेवाको सुनिश्चितता’ विषयक प्रतियोगितामा गण्डकी मेडिकल कलेजकै नीशा भूर्तेल द्वितिय र कालिका मल्टिपल क्याम्पसकी समीक्षा चपाई तृतीय भएकी छन् ।
प्रतियोगितामा ५ वटा कलेजका १० जना सहभागी थिए । विश्व सिग्देलको संयोजकत्वमा गठित निर्णायक समितिको सदस्यमा उमेशराज पराजुली र नवराज तिवारी थिए । विजेता विद्यार्थीलाई नेपाल
परिवार नियोजन संघका केन्द्रीय सदस्य अर्जुन सिग्देलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।प्रतियोगिता निर्णायक एवं विश्लेषक विश्व सिग्देल, संघका सचिव उमेशराज पराजुली, नेपाल
प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल, नेपाल परिवार नियोजन संघ केन्द्रीय युवा समिति सदस्य नारायणी त्रिपाठी र शाखा प्रबन्धक यमनाथ पौडेलले बोलेका थिए । नेपाल परिवार नियोजन संघ
कास्की सभापति नीरञ्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष नानु रेग्मीले स्वागत र
केन्द्रीय युवा समिति सदस्य विष्णु अधिकारीले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु