बाेइलर चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय पक्राउ

बाेइलर चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय पक्राउ

chicken

काेहलपुर । आयातित बाेइलर कुखुराका चल्लालाई लाेकल भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्राउ परेका छन् । बाेइलरका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’का चल्ला भन्दै महङ्गो दरमा बिक्री गर्दै हिड्ने भारतीय नागरिक मोहम्मद नाजिर र सरिफ अलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हाे ।

भारतकाे रामपुर घर भएका नाजिर र अलीलाई सेतो चल्लामा मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएकाे इप्रका काेहलपुरले जनाएकाे छ । साे गिराेहबाट प्रहरीले कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका करिब १०० चल्लासमेत बरामद गरेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ