कमला रानाा मगर – पूर्वी नवलपरासीको कावासोति नगरपालिका वडा नम्बर ८ स्थीत खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटनामा परी हुदा ५ जनाको मृत्यु भएको छ ।
लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नं. को कार खरकट्टा जंगल क्षेत्रमा राति ११ बजे ठोक्किँदा कारमा सवार पाँचै जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते हरुलाई उद्धार गरी उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर चितवन तर्फ पठाईएको र सबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।
देवचुलि नगरपालिका वडा नम्बर १ केउरेनि वस्ने ३५ वर्षिय दिपक भन्ने पुर्ण बहादुर विश्वकर्मा, २० देवचुलि वडा नम्बर ५ बस्ने दिल बहादुर ढेंगा मगर, ३० वडा नम्बर १० पृथ्वी नगरका २१ वर्षिय दिपेश राना मगर, ४० सोहि ठाउँ बस्ने २९ वर्षका हिरा राना मगर र ५० कैलाली जिल्ला का सुरज राना मगर गम्भीर घाइते पाँच जनाको उपचारका लागि चितवन पठाए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यसै गरी नवलपरासीको मध्यविन्दु नगरपालिका १० राति पौने २ बजे दाङबाट काठमाण्डौका लागि छुटेको बस पल्टिँदा एक जनाको ज्यान गएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।
ना ७ ख ८६४२ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको नवलपुर अस्पताल, कालिगण्डकी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
६ हजार ३ सयभन्दा बढी यात्रुले लिए सेवा, उडानको समय तालिका परिवर्तन, सन् २०२७ सम्म बुकिङ खुला