पोखरा ।पोखरा भलिबल प्रशिक्षण केन्द्रले नदिपुरमा ‘स्वास्थ्यको लागि खेलकुद, खेलाडी राष्ट्रको गौरव’ भन्ने मूल नाराका साथ तेस्रो संस्करणको क्लव स्तरिय पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता साथै विविध साँस्कृतिक कार्यक्रम हुन लागेको केन्द्रका अध्यक्ष मनोज खड्काले जानकारी दिए ।
असोज ८ गते बुधबारदेखि ११ गते सम्म प्रतियोगिता सञ्चालन हुने अध्यक्ष खड्काले जानकारी दिए । प्रतियोगितामा पुरुष, महिला तथा प्रौढ समुहको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
क्लबले सामाजिक कार्य अन्तर्गत यस प्रतियोगिता भर टिकटबाट उठ्ने रकम पोखरा १२ का दुवै मृगौला पिडित सुरज गुरुङको उपचारका लागि प्रदान गर्ने भएको छ । दुवै मृगौला पिडित गुरुङ अहिले ललितपुरको क्रिष्ट टिचिङ हस्पिटलमा उपचाररत रहेका छन् । प्रतियोगिताको सुरुको दिन बाहेक अरु दिनमा रु ५० र समापनको दिनमा टिकटको मूल्य रु १०० तोकेको छ ।
आयोजकले प्रतियोगिता अवधिभर २५ हजार दर्शकले खेल तथा अन्य सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने अनुमान गरेको छ । प्रतियोगिता सञ्चालनका लागि ३१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
८ उपसमिति गठन गरिएको आयोजकले जनाएको छ । पुरुष, महिला तथा प्रौढ समुहका लागि छुट्टाछुट्टै दर्ता शुल्क र पुरस्कार निर्धारण गरेको केन्द्रका अध्यक्ष खड्काले बताए । पुरुष भलिबल तर्फ ४ हजार ५ सय दर्ता शुल्क तोकिएको छ । पुरुष भलिबलमा प्रथम र द्धितिय हुनेले क्रमश नगद रु ५५ हजार ५ सय ५५ र ३५ हजार ५ सय ५५ का साथै शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
महिला भलिबत तर्फ दर्ता शुल्क २ हजार ५ सय तोकिएको आयोजकले जानकारी दिएको छ । महिला भलिबल तर्फ प्रथम र द्धितिय हुनेले क्रमश नगद रु २० हजार र १३ हजारका साथै शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष खड्काले जानकारी दिए ।
यस्तै प्रौढ भलिबल तर्फ ३ हजार दर्ता शुल्क तोकिएको र प्रथम एवं द्धितिय पुरस्कार खसी, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । आयोजकले उत्कृष्ट विधागत उपाधि समेत समावेश गरेको छ । उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटरले समेत पुरस्कार प्राप्त गर्ने खड्काले बताए । यस्तै खड्काका अनुसार उत्कृष्ट क्वीकर, सर्भर, डिफेन्डर र उदायमान खेलाडीे समेत पुरस्कृत हुने छन् ।
आयोजकले भलिबल बाहेक विविध साँस्कृतिक एवम्ं मनोरञ्जनात्मक कार्यक्रम गर्ने र भलिवलको क्षेत्रमा विशेष योगदान प्रदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने भएको छ ।
आयोजकले लगभग ६८ हजार रकम बचत हुने र त्यस रकम केन्द्रमा खेलाडीका लागि प्रशिक्षणका लागि खर्च गर्ने योजना बनाएको छ । अहिले केन्द्रमा ४५ जना भलिबल सिक्दै गरेका खेलाडी रहेको खड्काले जानकारी दिए । उनका अनुसार ६ फिट भन्दा अग्ला खेलाडीले भने निशुल्क तालिम पाइरहेका छन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो