खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिमामा आयोजित शैक्षिक कार्यक्रममा मादक पदार्थ सेवन गरेर पुगेका एक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले प्रकाउ गरेको छ।
कार्यक्रममा मादक पदार्थले मातेर पुगेका मुलाबारी आधारभूत विद्यालय निर्मलीडाँडाका प्रअ खम्बराज राई प्रहरीको फन्दामा परेका हुन्। नगरपालिकाले सोमबार आयोजना गरेको प्राविका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको एक दिने अन्तरक्रियात्मक छलफल तथा प्रतिवद्धता कार्यक्रममा राई मातेर पुगेपछि त्यहाँको वातावरण नै अशान्त बनाएका थिए।
हल्लिदै कार्यक्रमस्थलमा पुगेर हो–हल्ला गरेपछि प्रहरीलाई खबर गरेर कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिन लगाइएको मेयर दिपनारायण रिजालले बताए। दिउँसोदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएका प्रअलाई राति आफन्तको जिम्मामा छाडिएको प्रहरीले जनाएको छ। प्रअ राईमाथि नगरपालिकाले शिक्षा ऐन अनुसार कारबाही प्रकृयाअघि बढाएको जनाएको छ।
‘मापसे जाँचका लागि प्रहरीलाई भनेका थियौँ, जिल्ला अस्पतालमा पु(याउँदा मापसे गरेको पूष्टी भएको छ,’ मेयर रिजालले भने, ‘मापसे गर्ने प्रअमाथि शिक्षा नियमावली अनुशार कारबाही हुन्छ।’ नगरपालिकाको शिक्षा ऐनमा विद्यालय समयमा मादक पदार्थ सेवन गरेको प्रमाणित भएमा सेवाबाटै हटाउन सकिने व्यवस्था छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु