म्याग्दी- धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना बेपत्ता भएका हुन् ।म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
बिजुलीको पोलमा चढेको बेला आकस्मिकरूपमा विद्युत् आपूर्ति हुँदा करेन्ट लागेर मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको स्थानीयवासी बालकुमार सुनारले जानकारी दिए । बल्वको होल्डर फेर्नका लागि छन्त्याल पोलमा चढेका थिए ।
निलगिरि र रेलेखोलाको दोभानको जङ्गलमा अरिङ्गाल पोल्न जाने क्रममा पर्वतको जलजला गाउँपालिका–५ शालीजाका भविन्द्र गर्बुजा मिस्त्रीखोलामा बेपत्ता भएका हुन् । मिस्त्रीखोलामा काठको फड्के हालेर जङ्गलतर्फ जाने क्रममा गर्बुजा खोलामा खसेर बेपत्ता भएका जिसस सदस्य मेखबहादुर गर्बुजाले जानकारी दिए ।
खोलामा राखिएको फड्के बगाएपछि फसेका तीन जनालाई नेपाली सेनाको श्रीबक्स गुल्मको नारच्याङ बेसक्याम्पका सैनिक र मिस्त्रीखोला जलविद्युत् आयोजनाको सहयोगमा राति उद्धार गरिएको जिसस सदस्य गर्बुजाले बताए ।
बेपत्ता गर्बुजा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी हाइ हिमाल कन्ट्रक्सनका मजदूर हुन । उनको खोजी जारी छ ।
प्रतिकारात्मक चिन्ह
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ