पर्वत र नवलपुरमा दुई जना पानीमा डुबेको अवस्थामा फेला, तनहुँमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दियो

पर्वत र नवलपुरमा दुई जना पानीमा डुबेको अवस्थामा फेला, तनहुँमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दियो

death body water

प्रतिकात्मक चित्र

पोखरा । नवलपुर र पर्वतमा गरी दुई जना पानीमा डुबेको अवस्थामा भेटिएका छन् । नवलपुरको देबचुली नगरपालिका २ पुनर्वास स्थित मुकुण्डे खोलामा देवचुली नगरपालिका १६ बस्ने वर्ष ५५ को लक्ष्मी नारायण महत्तो पानीमा घोप्टो परेको अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, पर्वतको फलेबास नगरपालिका वडा नम्बर ५ खानीगाँउ स्थित लमाह खोलाबाट खेतमा लिएको पानीको नहरमा पर्वत कै फलेवास नगरपालिका वडा ५ बस्ने वर्ष ७२ को भिम बहादुर कुवँर पानीमा घोप्टो परि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तनहुँको व्यास न.पा. ४ भोर्लेटारचोक स्थित पृथ्विराजमार्गमा घासीकुँवाबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६३५६ नं. को स्कुटिले पैदल यात्री तनहुँ रिसिङ गाउँपालिका १ बस्ने वर्ष ४१ की कला थापा र वर्ष १९ कि रुपा थापालाई ठक्कर दिँदा घाईते भई उपचारको लागि अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds