काठमाडौं- देशभर आज (शुक्रबार) बिहानैदेखि फाट्टफुट्ट वर्षा भइरहेको छ । देशका अधिकांश भागमा सीमसीम पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक वातावरण नदेखिएको मौसमविद समीर श्रेष्ठले बताए । ‘केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलबाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म नै मनसुन रहने सम्भावना देखिएको हो,’ उनले भने । पश्चिमी वायु सक्रीय भएलगतै नेपालमा चिसो बढ्ने अनुमान गरिएको छ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्थ्यो तर यसवर्ष १० दिन ढिलो गरी ९ जुन आसर ५ मा मनसुन भित्रिएको थियो । गतवर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा लामो समयको मौसमी गतिविधि प्रक्षेपण गर्ने प्रविधि नभए पनि एक सातासम्मको गतिविधि प्रक्षेपण गर्न सकिने प्रविधि छ । सो अनुसार दशैँको शुरुवाती दिनमा देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना देखिन्छ । nहाल देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरेहको महाशाखाले जनाएको छ । यो स्थिति शनिबारसम्म यथावत रहने बताइएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ