कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा ‘प्रथम कपिलवस्तु श्री’ खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सुरु गरिएको छ । कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले तौलिहवामा ‘कपिलवस्तु श्री’ को आयोजना गरेको हो ।
पहिलो दिन ६ वजन समूहबाट शनिबार हुने फाइनल चरणका लागि ५÷५ खेलाडी छनौटमा परेका छन् । छनौट पर्नेमा ५५ केज्ी उमेर समूहतर्फ सुनिल आले, कृष्ण रनपाल, चुमानसिंह केसी, उदयराज पाण्डे र सुरेन्द्र प्रसाद वर्मा रहेका छन् । त्यसैगरी ६० केजी वजन समूहमा बिकास तामाङ्ग, सुरेस थापा, उमेश पुन, मोहम्मद जमराती र मन बहादुर राना छनौटमा परेका छन् ।
६५ केजी वजन समुहमा रामचन्द्र तामाङ्ग, रमेश थारु, सुमन लिम्बु, बिजेन्द्रमान श्रेष्ठ र बिकास चौधरी रहेका छन् । ७० केजी उमेर समुहमा पुष्प शंकर, बिनोद सुनार, गोबद्र्धन श्रेष्ठ, रमेश श्रेष्ठ र रमेश अधिकारी छनौटमा परेका छन् । त्यसैगरी ७५ केजी वजन समूहतर्फ अनिश थापा, बिन्धयाचल कहार, सुनिल दहित, चन्द्रमान श्रेष्ठ र कृतन प्रसाद श्रेष्ठ छनौट भएका हुन् ।
‘कपिलवस्तु श्री’ विजेतालाई नगद २ लाखसहित ट्रफी प्रदान गरिने छ । त्यसैरी ६ वजन समूह चरणका खेलका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई जनही १५ हजार, १० हजार र ५ हजार पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष जीवन गिरीले जानकारी दिए । कार्यक्रममा भाजपा नेता तथा खेलका अन्तर्राष्ट्रिय कोच सुवास भदाना, फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, सामाजिक सञ्जालमा चर्चित अघोर बाबा र खेललाई आर्थिक सहयोग गरेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह र ‘कपिलवस्तु श्री’का आर्थिक संयोजक राजु प्रसाद अर्याल लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु