नेपालको शानदार जित, कप्तान पारसको कीर्तिमानी शतक, नटआउट १०६ रन !

नेपालको शानदार जित, कप्तान पारसको कीर्तिमानी शतक, नटआउट १०६ रन !

paras khadka

कप्तान पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । उनी १०६ रनमा अविजित रहे ।

नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो । तर पारसले कप्तानी पारी खेले । त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ ।

दोस्रो विकेटका लागि आरिफ शेखसँग १४५ रनको शाझेदारी गरेका उनले मात्र ४९ बलमा शतक पुरा गरेका थिए । पारसलाई साथ दिएका आरिफ ३९ रनमा अविजित रहे । शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ