पोखरा – पोखरामा निर्माण भईरहेको केवलकार पुष भित्रमा सञ्चालन गर्ने तयारीका साथ काम भईरहेको कम्पनीले जनाएको छ । कात्तिक भित्र तारको लठ्ठा हालि सकेर गण्डोला जडान गरेर प्राविधिक/इन्जिनियरिङ परीक्षण गरिने निर्माण कम्पनीले जानकारी दिए ।
परीक्षणपछि अग्रेजी नयाँ वर्षमा सर्वसाधारणले केवलकार चढेर सराङकोटमा पुग्न सकिने केवलकार निर्माता अन्नपुर्ण केवलकार प्रालिका सञ्चालक तीर्थराज त्रिपाठी बताए । प्रालिले २०७४ साल माघदेखि कामको थालेको थियो ।
अहिले सम्म ८० प्रतिशत काम सकिसकेको उनले बताए । मुख्य स्टेशनको काम अन्तिम चरणमा छ । १८ टावर जडान भइसेका छन् । जापानीज प्राविधिकले तार जोड्नका लागि आवश्यक काम गरिरहेको उनले बताए । उनले अग्रेजी नयाँ वर्षलाई लक्ष्त गरेर काम भईरहेको बताए । उनले पहिले देशैमा नै तयार गर्ने लक्ष्य भए विभिन्न प्राविधिक कारणले काम हुन नसकेको बताए ।
जापानस्थित निपोन कम्पनीका सामानहरु केवलकारमा प्रयोग भएका छन् । अन्नपूर्ण केवलकार पोखरा महानगरपालि १८ सेदी देखी सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दुरीको हुने छ । केवलकार निर्माणको सिभिलको काम भने चितवन कोई प्रालिले गरेको छ । सराङकोटको टावर १ हजार ५ सय १५ मिटरको उचाईमा रोकिने छ ।
तल्लो स्टेशन समुद्री सतहदेखि ८ सय ७० मिटरको उचाईमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुने छ । १७ वटा गण्डोला (डिब्बा) ले सर्वसाधारणलाई ओसार्ने छ । प्रत्येक डिब्बा आठजना यात्रुको क्षमताको हुने उनले सुनाए । केवलकारमा प्रतिघण्टा पाँच सय यात्रु आउजाउ गर्न सक्ने छन् ।
केवलकारको लागत करिब १ अर्ब ३१ करोड रुपैयाँ लाग्ने प्रालिका त्रिपाठीले जानकारी गराए । केवलकारले सनराईज बैंक तथा नेपाल राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानीमा निर्माण गरेको हो । केवलकार निर्माणले पोखराको पर्यटनमा नयाँ आयाम थपिने उनको दावी छ । आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारबाटै मनोरम दृष्यावलोकन गर्न सहज हुने छ ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु