पोखरा – पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको छ । मंसिर १५ देखि शुरु हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि फुटबल मैदानको काम दशैंको छेकोमै काम गरिएको छ । टिकाको दिनमात्रै काम रोकियो । फेरी काम धमाधम शुरु गरिएको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट मेनेजर दिपक बरालले बताए । उनले ट्रयाक एण्ड फिल्डमा सिन्थेटिक राख्न कालोपत्रे भइरहेको बताए ।
उनका अनुसार मैदानसहित अन्य पुर्वाधार निर्माणको काम ५० प्रतिशत सकिएको बताए । १७ वटा शौचालय निर्माण गरिने छ । अहिले ८ वटा मात्रै निर्माण गरिएको उनले सुनाए । ‘चारवटा ब्लकमा गरी १७ वटा शौचालय छन् । पहिलो चरणमा ८ वटा मात्रै निर्माण गरिदैं छ ।’ उनले भने–‘प्यारापिटको लागि ग्राउण्ड स्ट्याण्डको काम गरिदैंं छ ।’ उनका अनुसार नोभेम्बर ९ देखि दुबो(चपरी) हिड्ने छ । कोलकत्ताबाट चपरी आउन एकसाता लाग्ने छ ।
‘सिट नोभेम्बर ७ देखिबढीमा १२ तारिखसम्म आईपुग्ने छ ।’ बरालले भने–‘दुई प्राविधिकसहितको टोली पोखरा आउने छ । उनीहरुले नै बढीमा दुईसाताभित्र सिट जडान गर्ने छन् । हामीले सहयोगको लागि जनशक्ति मात्रै उपलब्ध गराउने छौं ।’ प्यारापिट स्टिल मोडुलर सिष्टमको हो । सिट धमाधम फोल्डिङ सिष्टमको नटबोल्ड कस्ने प्रकृतिको हो । सम्झौता अनुसार दर्शक क्षमता १६ हजार ५ सय राख्ने निश्चित गरिएको थियो । पछि फेरी ३ हजार ५ सय थप गर्ने सहमतिसँगै दर्शक क्षमता २० हजार पुर्याइने छ ।
तर साग अघि ती सबै सिट भने जडान हुदैनन् । ‘साग अघि हामीले ८ हजारदेखि बढीमा १० हजार सिट जडान गर्छौ ।’ उनले भने–‘ सामान पछि त्यही अनुसार आउने छ ।’ सिटको सामान फ्रान्सबाट पोखराको लागि प्रस्थान गरिसकेको उनले बताए । उनका अनुसार नोभेम्बरको दोस्रो साताभित्रमा पोखरा आईपुग्ने सामान स्वंय फ्रान्सेली प्राविधिकले नै जडान गर्ने छन् ।
मैदान वरिपरीको ट्रयाक एण्ड फिल्डको सामान जर्मनबाट आईसकेको छ । सिन्थेटिक ट्रयाक राख्नुपूर्व कालोपत्रे पीच गरिने उनले बताए । झरीले केही दिन लम्बिएको छ । कालोपत्रे पीच गरेपछि सिन्थेटिक ट्रयाक राख्ने काम पुरा गर्ने योजना कम्पनीले बनाएको छ । ट्रयाक र फुटबल मैदानमा घाँसको चपरी विछ्याउने काम लगभग एकै समयमा हुने सम्भावना देखिएको छ । कोलकत्ताबाट ६ वटा ट्रकमा ९ हजार टुक्रा(१० बर्ग फिट) आउने छ । फुटबल मैदान निर्माणले सागसँगै पोखरामा आयोजना हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सहज हुने छ ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु