पोखरा । प्रहरीले पोखरामा जुवातास खेल्ने करिब साढे २ सय जना पक्राउ परेका छन् । यो पछिल्लो तीन महिनाको तथ्यांक हो । कास्की प्रहरीले गरेको स्विप अपरेसनमा साउन यता २ सय ३२ जना जुवाडे पक्राउ परेका हुन् ।
त्यसमध्ये पुरुष २ सय १७ जना छन् भने महिला १५ जना छन् । पछिल्ला महिनाहरुमा पोखरामा जुवातास खेल्नेहरु बढिरहेका छन् । पक्राउ परेका अधिकांश पेसेवार रहेको प्रहरीले जनाएको छ । यो अवधीमा २० लाख ३६ हजार नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार र आईतबार मात्रै साढे ७ लाख नगद सहित ३२ जुवाडे पक्राउ परेका छन् । सबैभन्दा धेरै असोज महिनामा नगद बरामद गरेको कास्की प्रहरीले जनाएको छ । असोजमा ८ लाख ९५ हजार नगद बरामद भएको छ भने भदौमा ५ लाख ५९ हजार र साउनमा ५ लाख ८१ हजार बरामद भएको कास्कीका प्रहरी निरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।
असोजमा ६८ वटा जुवातासको मुद्धा दर्ता भएको छ भने ७० जना पक्राउ परेका छन् । यस्तै, भदौमा ११ मुद्धामा ७८ जना कारबाहीमा परेको तथ्यांक छ । साउनमा १२ वटा मुद्धाबाट ८४ जनालाई कारबाही गरिएको छ । कास्की प्रहरीले आइतबार राती मात्रै पोेखरा १८ बाट ६ लाख १० हजार नगद सहित १५ जनालाई कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू