पोखरा- पोखराको लेकसाइडमा अत्याधुनिक सामाग्रीहरुसहितको नयाँ जिमहल पोखरामा संचालनमा आएको छ । ‘बब्स्जिम लेकसिटी’ नाम दिएर संचालनमा ल्याईएको जिमहल पोखराकै सबैभन्दा अत्याधुनिक र अन्तराष्ट्रिय स्तरको भएको यसका संचालकहरुले बताएका छन् ।
युवा व्यवसायी वैभव पौडेल र केशव उदासको सँयुक्त लगानीमा यो जिम हल संचालनमा आएको हो । ‘लेकसाइड विशेषगरि विश्वभरका मानिसहरु आउने स्थान पनि हो । र, यहाँ एउटा अन्तराष्ट्रियस्तरको व्यायामशाला आवश्यक थियो । त्यही आवश्यकतालाई हामीले परिपुर्ती गर्ने प्रयत्न गरेका हौँ ।’ संचालक मध्येका एक वैभव पौडेलले पत्रकार सम्मेलनमा भने ।
साउनाबाथ, स्टिम बाथ, हट वाटर शावर सँगै कफिशप र खुला पार्किङ यो जिमहलको विशेषता हुन् । त्यो सँगै सार्वजनिक बिदामा पुरै दिन र शनिबार मध्यान्ह १२ बजेसम्म जिम संचालनमा ल्याउने संचालकहरुले बताएका छन् ।
लेकसाइडको चौथो र पाँचौ स्ट्रिटको बीचमा रहेका एमबीए प्लाजा परिसरभित्र संचालनमा आएको जिममा अत्याधुनिक कार्डियो मेशिन राखिएको छ । १२ वटा कार्डियो मेशिन रहेको जिममा अरु ५० वटा भन्दा बढि व्यायाममेशिनहरु पनि रहेका छन् । ‘तौल घटाउने, आवश्यकताअनुसारको शारिरीक बनावट बनाउने, जुम्बासँगै अन्यथुप्रै फिटनेश प्रशिक्षण पनिदिने व्यवस्था गरेका छौँ ।’ जिममा मूख्य प्रशिक्षक समेत रहेका संचालक केशव उदासले भने ।
करिब ३ करोड रुपैयाँ लगानीमा संचालनमा आएको जिमहलमा सिक्न आउने प्रशिक्षार्थी तथा खेलाडीहरुका लागि व्यवस्थापनले मिस्टर वल्र्डका गोल्ड मेडलिस्ट महेश महर्जन र पावर लिफ्टिङका नेशनल च्याम्पियन ज्योती थापालाई ‘गेस्ट ट्रेनर’को रुपमा नियुक्त गरेको छ । पत्रकार सम्मेलनमा मिस्टर वल्र्ड महर्जनले पोखरामा यसरी ट्रेनरको रुपमा एउटा गज्जबको जिमहलसँग एशोसियट हुन पाउँदा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिए ।
बब्स् जिमको आधिकारिक उद्घाटन भने कात्तिक ९ गते शनिबार हुने संचालकहरुले बताएका छन् । प्रदेशका अर्थमन्त्री किरण गुरुङले जिमहलको उद्घाटन गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु