कुखुराको भाले मारेपछि दाङमा एक घण्टा चक्काजाम

कुखुराको भाले मारेपछि दाङमा एक घण्टा चक्काजाम

chakka jaam

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन्। उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरुले सडकमा ढुंगा, काठ, बाँस राखेर सडक अवरुद्ध पारेका थिए ।

खैराहा-कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि बिहीबार दिउँसो केहीबेर स्थानीयले सडक अवरुद्ध पारे । भालेलाई ठक्कर दिने बस क्षतिपूर्ति नदिइकन भागेपछि स्थानीय युवाहरुले झण्डै एक घण्टा सडकमा काठ तेर्साएर सडक अवरुद्ध पारे ।

बस व्यवसायी र पीडित पक्षबीच २ केजी भालेको १ हजार २ सय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि सडक खुलेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds