पाँचौ मेरो नेपाल सेभेन ए साइड फुटबलः सेमिफाइनल समिकरण पूरा, फाइनल शनिबार नै

पाँचौ मेरो नेपाल सेभेन ए साइड फुटबलः सेमिफाइनल समिकरण पूरा, फाइनल शनिबार नै

mero nepal

पोखरा । मेरो नेपाल युवा क्लबले आयोजनामा पोखरा १४ मझेरीपाटन स्थित रामेश्वरी खेल मैदानमा जारी पाँचौ मेरो नेपाल सेभेन ए साइड फुटबलमा सेमिफाइनल समिकरण पूरा भएको छ ।

अन्तिम चारमा आयोजक मेरो नेपाल निलो, एलजी एसोसिएसन, चाउथे बि र संगम फुटबल क्लब पुगेका छन् ।
प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक मेरो नेपाल निलोले आर.के.टि.एफसीलाई ३–१ गोलले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । आयोजक निलोको जितमा प्रज्वल गुरुङले दुई तथा हरि गुरुङले एक गोल गरे भने आर.के.टि. को लागि साहिल गुरुङले सान्त्वना गोल गरे । खेलको म्यान अफ दि म्याच आयोजक निलोका प्रज्वल गुरुङ घोषित भए ।

त्यस्तै, एलजी एसोसिएसनले मिलनटोललाइ टाइब्रेकरमा २–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । खेलको म्यान अफ दि म्याच एलजीका आकाश रानाभाट घोषित भए ।

त्यस्तै, चाउथे बि ले शिवमार्ग एफसीलाइ ५–१ को फराकिलो गोल अन्तरले पाखा लगाउदै सेमिफाइनल प्रवेश गरेको छ । चाउथेको जितमा अजित गुरुङले ह्याट्रिक गरे भने हेमन गुरुङ र उत्तम गुरुङले समान एक एक गोल गरे । शिवमार्गको लागि विकास ओझाले सान्त्वना गोल गरे । खेलको म्यान अफ दि म्याच अजित गुरुङ घोषित भए ।

शुक्रबार भएको अन्तिम क्वार्टर फाइनल खेल माटेपानी फुटबल क्लब र संगम फुटबल क्लब बिच भएको थियो । उक्त प्रतियोगितामा टाइब्रेकरमा पुरेर ५– ४ गोलले जित हात पार्दै संगम सेमिफाइनलमा पुगेको छ । निर्धारित समयसम्म दुवै टिमको तर्फबाट २–२ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगको हो ।

प्रतियोगिता अन्तरगत शनिबारको पहिलो सेमिफाइनल खेल आयोजक मेरो नेपाल निलो र एलजी एसोसिएसन र दोस्रो सेमिफाइनल खेल चाउथे बि र संगम फुटबल क्लब बिच हुने क्लबका प्रचार प्रसार संयोजक पृथ्वी कुँवरले जानरकारी दिए । सेमिफाइनलसंगै फाइनल खेल पनि शनिबार नै हुने कार्याक्रम संयोजक एकेन्द्र कुवँरले जानकारी दिए । क्लबले सार्वजानिक व्यायामशाला निमार्ण गर्ने दिवश कुँवरले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ