पोखरा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनष्टि पार्टी कास्कीले शनिबार पोखरा महानगरपालिका वडा नम्बर २३ चापाकोट स्थित साढे ३७ रोपनी जमिनमा झण्डा गाड्दै किसानलाई सो जग्गा फिर्ता नगरे कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
उत्तम पुन र नविन पुन समूहले सञ्चालन गरेको नेपाल सहकारी संस्था लिमिटेडले बिना सूचना स्थानीय किसानहरुको जमिन सहकारीको नाममा पास गरेको थियो । पार्टीको झण्डा गाड्दै विप्लवका कार्यकर्ताहरुले कुनै पनि व्यक्ति वा संस्थाले सो जमिन खरिद बिक्री वा बितरण गरेमा सशक्त कारवाही गर्ने भन्दै कारवाही किन भन्ने पर्चा समेत वितरण गरेको छ ।
सो पर्चामा नेपाल सहकारीका सञ्चालकद्वय उत्तम पुन र नविन पुनले किसानहरुको जग्गा फिर्ता नगरी नक्कली दलाल खडा गरी तेस्रो व्यक्तिलाई जग्गा दिने काम सुरु गरेकोमा आपत्ति जनाएको छ ।
२०५७ सालमा स्थानीय किसानहरु देवीरमण चापागाई, पूर्णाखर सुनार, कृष्णप्रसाद अधिकारी, कुलप्रसाद पराजुली, बलराम अधिकारी र गोपालप्रसाद पराजुलीले नेपाल सहकारी संस्था लिमिटेडबाट संयुक्त रुपमा ९ लाख रुपैयाँ ऋण लिएका थिए । पीडित गोपालप्रसाद पराजुलीले गाईपालनका लागि ऋण लिएको बताए । उनले किस्ता बुझाउने क्रममा सहकारी कैं शेयर सदस्यहरु बिच विवाद उत्पन्न हुँदा सहकारी काठमाडौं सारिएको र किस्ता समेत बुझाउन नपाएको गुनासो गरे ।
ऋणको आधा साँवा र ब्याँज बुझाई सकेपछि द्वन्द्वकालको अवस्थामा एकाएक सहकारी नै सो स्थानबाट हट्नु र काठमाडौं कुन ठाउँमा छ भन्ने जानकारी हामीलाई नदिने कार्यले उत्तम पुन र नविन पुन समूहको नियतवश ठगी गर्ने उद्देश्य रहेको उनीहरुको भनाई थियो ।
१० वर्षपछि बल्ल बल्ल सहकारी काठमाडौंमा भेटेपछि सरसल्लाह हुँदा एकमुष्ठ २५ लाख रुपैयाँ बुझाएर संस्थाको नाममा पास भएको उक्त जमिन फिर्ता गर्ने सहमती भएको थियो । पीडित देवीरमण चापागाईले भन्नुभयो–‘जे भएपनि हामीले अब जग्गा पाउँछौं भन्ने सोचेर २५ लाख बुझाउन गयौं तर संस्थाले चलखेल गरेर जमिन अरुलाई नै बेच्न थाल्यो ।’
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो