मनाङमा सात किलोको बन्दा, एक किलोको गाँजर !

मनाङमा सात किलोको बन्दा, एक किलोको गाँजर !

tarkari

मनाङ ङिस्याङ्ग गाउँपालिका वडा नम्बर ५, भ्राकाको मस्र्याङ्दी नदी किनारमा फलेका बन्दा, गोलभेडा र गाजर हेर्दा जो कोहीको मन लोभिन्छ । सोही वडा अध्यक्ष तथा पर्यटन व्यवसायी कर्म छिरिङ गुरुङको बारीमा लगाएको बन्दा काउली एउटै करिब ५ देखि ७ केजीसम्म र गाजर पनि एउटै करिब १ केजी बराबरको फलेको छ ।

रातोपाटीसँग कुरा गर्दै वडा अध्यक्ष गुरुङले भने, ‘मैले आफूलाई पुग्नेमात्र होइन, केही बेच्नेगरी तरकारी लगाएको थिएँ, तर सडकले गर्दा बजार पु-याउन सकिएन ।’ आफ्नो बारीमा पूर्ण रुपमा अर्गानिक तरकारी उत्पादन भएको बताउँदै उनले अघिल्लो पुस्ताले तरकरीको नाममा आलुमात्र रोप्ने गरेकामा अहिले मनाङका धेरै स्थानमा विभिन्न तरकारी खेती हुने गरेको बताए ।

समुन्द्री सतहबाट ३ हजार ४ सय ८० मिटरमा उचाईमा रहेको भ्राकामा फलफूलको रुपमा स्याउ फल्ने गरेको छ । माथिल्लो मनाङबाट लमजुङ बेशीशहरसम्म पुग्न करिब १० घण्टा सवारी साधनबाट यात्रा गर्नु पर्दछ । त्यसैले पनि उत्पादन भएका तरकारी र स्याउ बजारसम्म लगेर बिक्री गर्न समस्या हुने गरेको उनको भनाइ छ । हेमराज ढकालले रातोपाटीका लागि लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ