पोखरा । पोखरा उपत्यकाभित्र व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आमनागरिकले दैनिक रूपमा समस्या भोगिरहनु परेको थियो। बेलाबेलामा सरकारले सार्वजनिक शौचालयको योजनाहरू ल्याउने गरेको भएपनि महानगरपालिकालगायतका सङ्घसंस्थाको लागत साझेदारीमा यहाँ एक ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण गरिएको छ । महानगरको रु १४ लाख ४३ हजार ५ सय ८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालको रु पाँच लाख, रोटरी क्लब अफ मिडटाउनको रु चार लाख तथा अमरसिंह व्यापार व्यवसायी समितिको रु एक लाख लगानीमा पोखराको मुख्यबजार क्षेत्र अमरसिंहचोकमा शौचालय निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रसाद सुवेदीले बताए । शौचालय निर्माणका लागि रु २६ लाख ६६ हजार ३ सय ४३ खर्च भएको रु दुई लाख ३१ हजार ७ सय ५९ अपुग रहेको बताइएको छ ।
दुई तलाको सो भवनको तल्लो तलामा बाल तथा अपाङ्गमैत्री सेन्सरजडित तथा पर्याप्त मात्रामा पानीको व्यवस्था छ । महिला तथा पुरुष छुट्टाछुट्टै शौचालयमा एक पटकमा तीन/तीन जना जान मिल्ने रहेको छ । शौचालय वरिपरिको क्षेत्रमा विभिन्न फूल तथा बिरुवाको बगैँचा बनाएर सुन्दरता प्रदान गर्ने योजनासमेत रहेको बताइन्छ । पर्यटकीय शहर पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वृद्धि भइरहेपनि बजार क्षेत्रमा शौचालय नहुँदा पर्यटकले सास्ती पाएका थिए ।
महानगरले बजारका अन्य प्रमुख चोकहरुमा समेत शौचालय निर्माण गर्ने योजना अघि सारेको छ । शनिबार स्मार्ट शौचायलको उद्घाटन गर्दै महानगरप्रमुख मानबहादुर जिसीले सङ्घसंस्थाको समेत लागत साझेदारीमा निर्माण गरिएकाले उचित संरक्षण तथा व्यवस्थापन हुने विश्वास व्यक्त गरे । महानगरले चालू आर्थिक वर्षभित्रमा बजार अन्य मुख्य चोकहरुमा समेत शौचालय निर्माणका लागि बजेट विनियोजन गरिएको र यसै वर्ष काम शुरु गरिने उनले बताए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु