संजय रानाभाट । पोखराको सिद्धार्थचाेक स्थित बिकन प्रिमियर इन्टरन्यासनल एजुकेशनले बैदेशिक अध्ययन गर्ने चाहने विद्यार्थीका लागि अध्यापन तथा परामर्श दिँदै अाएकाे छ । बिगत लामो समयदेखि अष्ट्रेलिया, न्यूजिल्याण्ड, यूके, क्यानडा लगायतका देशहरुमा जाने विद्यार्थीहरको लागि परामर्श प्रदान गर्दै आएको छ । साेमबार बिहान ८ बजेदेखि ११ बजेसम्म बिकन प्रिमियर इन्टरन्यासनल एजुकेशनको कार्यालयमा न्यूजिल्याण्डको सरकारी कलेजको माकेर्टिङ एण्ड भिजा सपोर्ट म्यानेजर प्रिया किटवानिको उपथितिमा एजकेशन सेमिनार हुँदैछ ।

उक्त सेमिनार बैदेशिक अध्ययन गर्न जान चाहने सोच बनाएका विद्यार्थीका लागि सहयोग गर्ने उद्धेश्यले गर्न लागिएको साथै न्यूजिल्याण्ड गएर कस्ता विषयमा अध्ययन गर्ने ? भन्नेे बुझाउन अायाेजना गरिएकाे संस्थाले जनाएकाे छ ।

एजूकेशन सेमिनार बिशेष गरी विद्यार्थी तथा अभिभावकलाई लक्षित गरेर न्यूजिल्याण्ड जान के के गर्ने? न्यूजिल्याण्डमा के कस्ता सेवा सुविधा छन् ? न्यूजिल्याण्ड गईसकेपछि अवसर चूनाैति के हुुुन् ? विद्यार्थीहरुका लागि अवसरहरु के के छन् ? लगायत समग्र न्यूजिल्याण्डको बारेमा जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिकन प्रिमियर इन्टरन्यासनल एजुकेसनका सञ्चालक रुद्र प्रसाद अर्यालले बताए । साथै, उक्त फेयरमा सहभागी भएर आफूलाई लागेका जिज्ञासा मेटाउन समेत अनुरोध गरे ।

सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु