न्यूजिल्याण्ड जान चाहने विद्यार्थीका लागि बिकनले फ्रि सेमिनार गर्दै

न्यूजिल्याण्ड जान चाहने विद्यार्थीका लागि बिकनले फ्रि सेमिनार गर्दै

beacon education

संजय रानाभाट । पोखराको सिद्धार्थचाेक स्थित बिकन प्रिमियर इन्टरन्यासनल एजुकेशनले बैदेशिक अध्ययन गर्ने चाहने विद्यार्थीका लागि अध्यापन तथा परामर्श दिँदै अाएकाे छ । बिगत लामो समयदेखि अष्ट्रेलिया, न्यूजिल्याण्ड, यूके, क्यानडा लगायतका देशहरुमा जाने विद्यार्थीहरको लागि परामर्श प्रदान गर्दै आएको छ । साेमबार बिहान ८ बजेदेखि ११ बजेसम्म बिकन प्रिमियर इन्टरन्यासनल  एजुकेशनको कार्यालयमा न्यूजिल्याण्डको सरकारी कलेजको माकेर्टिङ एण्ड भिजा सपोर्ट म्यानेजर प्रिया किटवानिको उपथितिमा एजकेशन सेमिनार हुँदैछ ।

उक्त सेमिनार बैदेशिक अध्ययन गर्न जान चाहने सोच बनाएका विद्यार्थीका लागि सहयोग गर्ने उद्धेश्यले गर्न लागिएको साथै न्यूजिल्याण्ड गएर कस्ता विषयमा अध्ययन गर्ने  ? भन्नेे बुझाउन अायाेजना गरिएकाे संस्थाले जनाएकाे छ ।

एजूकेशन सेमिनार बिशेष गरी विद्यार्थी तथा अभिभावकलाई लक्षित गरेर न्यूजिल्याण्ड जान के के गर्ने? न्यूजिल्याण्डमा के कस्ता सेवा सुविधा छन् ? न्यूजिल्याण्ड गईसकेपछि अवसर चूनाैति के हुुुन् ?  विद्यार्थीहरुका लागि अवसरहरु के के छन् ? लगायत समग्र न्यूजिल्याण्डको बारेमा जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिकन प्रिमियर इन्टरन्यासनल   एजुकेसनका सञ्चालक रुद्र प्रसाद अर्यालले बताए । साथै, उक्त फेयरमा सहभागी भएर आफूलाई लागेका जिज्ञासा मेटाउन समेत अनुरोध गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ